PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

गगन थापाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न चेतावनी दिँदै भने: हरेक कुराको हिसाबकिताब चाहिन्छ



पहिलोपोस्ट

गगन थापाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न चेतावनी दिँदै भने: हरेक कुराको हिसाबकिताब चाहिन्छ

काठमाडौं: नेपाली कांग्रेसका नेता गगन थापाले सरकारका गलत कदमको लागि खबरदारी गर्ने उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मालाई जथाभावी नबोल्न चेतावनी दिएका छन्।

आज संघीय संसदको बैठकलाई सम्बोधनका निर्वाचनका बेला नेकपा एमालेलगायतका दलले कम्युनिस्टले नै बम पड्काउँदा कांग्रेसलाई दोष लगाएको उल्लेख गर्दै यस्तो सरकारको अब वास्तविक परीक्षा सुरु भएको बताए।

सरकारले बोलेका हरेक कुराको हिसाब खोजिने धारणा राख्दै थापाले भने, 'मेरै क्षेत्रमा मलाई नै वम लाग्यो। तर एमालेलगायतका दलले कांग्रेसले नै पड्काएको आरोप लगाए। यसरी जथाभावी बोल्ने होइन। अब जनताको काम गर्नुस। राम्रो गर्छ कि गर्दै आज बाट दिन गन्ती भएको छ। प्रतिपक्षले खबरदारी गर्नेछ।'

उनले थपे, 'कसैले दलाली गर्नु लाग्यो भने खबरदार हामी गर्छौ। त्यसैको लागि प्रतिपक्ष चाहिन्छ र हामी त्यही प्रतिपक्षमा बस्छौ।'

नेपालको इतिहासमा संसद खोसिएको प्रसंगलाई स्मरण गराउँदै थापाले भने, 'हामीले संसद बनायौ। राजाले खाई बक्स्यो। फेरी बनायौ फेरी खाई बक्यसो। महाराजले पटकपटक खाई बक्स्यो। त्यसैले राजतन्त्र सकिएको हो। अब पनि त्यस्तै निरंकुशता आए कांग्रेस चुप लागेर बस्दैन।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell