PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

राष्ट्रिय सभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्विरोध, औपचारिक घोषणा बुधबार



पहिलोपोस्ट

राष्ट्रिय सभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्विरोध, औपचारिक घोषणा बुधबार

काठमाडौं: राष्ट्रिय सभाको अध्यक्षको नेकपा एमालेका उम्मेदवारमा गणेश तिमिल्सिनाले उम्मेद्वारी मनोनयन गरेका छन्।

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा एमालेका सुमनराज प्याकुरेल र माओवादी केन्द्रका दीनानाथ शर्मा रहेका छन् ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उनी राष्ट्रिय सभाको अध्यक्षमा निर्विरोध चयन हुने भएका छन्।

आज १ बजेसम्म मनोनयनका लागि समय तोकिएकोमा उनकोमात्र उम्मेदवारी परेको छ। नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी नदिने जनाइसकेको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले बैठकले  उनको नाममा सहमति जुटाएको थियो। पर्शुराम मेघी गुरुङ र खिमलाल भट्टारईले पनि यस पदका लागि आकंक्षा राखेका थिए। 

को हुन् तिमिल्सिना?

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तिमिल्सिना प्रदेश ४ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्। 

विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका तिमिल्सिना पञ्चायती सरकार विरुद्ध विद्रोह गर्दा ४ वर्ष जेल परेका थिए। जेलमै रहँदा उनको भेट हालका प्रधान मन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कम्युनिष्ट नेता हितकाजी गुरुङसँग भयो। त्यसपछि उनी कम्युनिष्ट आन्दोलनमा झन् सक्रिय भए। 

२०४६ सालमा उनी जेलबाट छुटेपछि प्रजातन्त्र बहालीको आन्दोलनमा पुनः सक्रिय भए। नेकपा एमालेको छैटौँ महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका उनी त्यसपछि पार्टी राजनीतिमा पछाडि फर्किनु परेको छैन। 

नवौँ महाधिवेशनबाट एमालेको पोलिटव्यूरो सदस्यमा निर्वाचित भएका उनी २४ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश ४ बाट निर्वाचित भएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell