PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुर्घटनामा परेको बंगलादेशी विमानमा ३३ नेपाली यात्रु



सविन मिश्र

दुर्घटनामा परेको बंगलादेशी विमानमा ३३ नेपाली यात्रु

काठमाडौं : त्रिभुवन विमानस्थलमा दुर्घटना भएको युनाइटेड बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली यात्रु थिए। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार ३३ नेपालीसहित ६७ जना यात्रु रहेको विमानमा ४ जना चालक दलका सदस्य थिए। 

दिउँसो २ बजेर १८ मिनेट जाँदा धावनमार्गको पूर्वतिर दुर्घटना भएको थियो।  विमानस्थलका उद्दार तथा अग्नि नियन्त्रकहरुद्वारा विमानमा लागेको आगो नियन्त्रण गरिएको थियो। विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकाय उद्दारका लागि सक्रिय भएका थिए।

विमान नियमित रुटभन्दा बाहिरबाट आएर दुर्घटनामा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ। दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ भने केहीको विमानभित्रै मृत्यु भइसकेको छ। 

सम्बन्धित समाचार

'अफ रुट'बाट ओर्लिँदा विमान दुर्घटना: किन रुट बाहिरबाट ल्यान्ड? अनुसन्धान थालिँदै

अस्पताल पुर्‍याइएका घाइतेको मृत्यु, नाजुक छन् धेरै घाइते

प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थलमा

अवतरणको क्रममा युएस बंगलाको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell