PahiloPost

Sep 8, 2024 | २३ भदौ २०८१

नेपालले हङकङलाई हराउँदा अफगानिस्तान बन्यो भाग्यमानी, नेपालले पपुवा न्यू गिनीसँग प्लेअफ खेल्ने



पहिलोपोस्ट

नेपालले हङकङलाई हराउँदा अफगानिस्तान बन्यो भाग्यमानी, नेपालले पपुवा न्यू गिनीसँग प्लेअफ खेल्ने

काठमाडौं : क्रिकेट वर्ल्ड कप क्वालिफायर अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ।

रोहित पौडेल र सोमपाल कामीले छैटौँ विकेटका लागि नटआउट ८९ रनको साझेदारी गरेपछि नेपालले १५४ रनको लक्ष्य ५६ बल अगाडि नै ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितले अफगानिस्तान भाग्यमानी बनेको छ।

नेपाल, अफगानिस्तान र हङकङको समान २ अंक भएपनि रन रेटमा अगाडि रहँदै तेस्रो बनेको अफगानिस्तान सुपर सिक्स प्रवेश गर्न सफल भएको छ। यसअघि नै समूह बी बाट घरेलु टोली जिम्बावे र स्कटल्याण्ड सुपर सिक्स पुगिसकेका छन्।

क्वालिफायरमा पहिलो जित हात पारेको नेपाल समूह्य बी मा चौथो हुँदा हङकङ पाँचौ भएको छ।

अब नेपालले प्लेअफको पहिलो खेलमा समूह ए मा पाँचौ भएको पपुवा न्यू गिनीसाग खेल्नेछ। त्यसमा जित हात पारे सातौँ स्थानको लागि प्लेअफ खेल्न पाउनेछ।

यस्तै समूह बी  मा पाँचौ भएको हङकङले समूह ए मा चौथो हुने टोलीसँग खेल्नेछ।

अर्को समूहमा युएई र नेदरल्याण्ड्स मध्ये ए टोली चौथो हुनेछ। वेष्ट इन्डिसँग पराजित भए नेदरल्याण्ड्स चौथो हुनेछ र हङकङसँग खेल्नेछ।

यस्तो भएमा नेदरल्याण्ड्सले प्लेअफमा हङकङलाई हराए नेपालले पपुवा न्यूगिनीलाई पराजित गरे मात्र पनि वान डे स्ट्याटस पाउनेछ।

नेपालको अर्को खेल बिहीवार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell