PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

राष्ट्रियसभा बैठक बस्दै, ‘तिमिल्सिनाको उम्मेदवारीलाई निर्विरोध घोषणा गरिने’



पहिलोपोस्ट

राष्ट्रियसभा बैठक बस्दै, ‘तिमिल्सिनाको उम्मेदवारीलाई निर्विरोध घोषणा गरिने’

काठमाडौँः राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ। बैठकमा राष्ट्रियसभा अध्यक्ष चयन गर्ने कार्यसूची छ।

फागुन २८ गते भएको मनोनयन अनुसार अध्यक्षमा एमालेका गणेश तिमिल्सिना एकल दाबेदार छन्। एकमात्र उम्मेदवारी परेका कारण बैठकले तिमिल्सिनालाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ। 

निर्विरोध घोषणा गर्नुअघि तिमिल्सिनाका प्रस्ताव पेश हुनेछ। उनका प्रस्तावकमा एमालेका खिमलाल भट्टराई रहेका छन्। समर्थकमा माओवादी केन्द्रका दीननाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल रहेका छन्। 

वाम गठबन्धनका उम्मेदवार तिमिल्सिनाको पक्षमा राष्ट्रियसभामा बहुमत छ। अध्यक्ष निर्वाचित हुन आवश्यक ३० सांसद्मध्ये एमालेका २९ सांसद् (मनोनीत समेत) छन्। यस्तै, माओवादी केन्द्रका १३ (मनोनीत समेत) सदस्य छन्। सत्तारुढ गठबन्धनलाई साथ दिएका फोरम नेपाल र राजपाका राष्ट्रियसभामा दुई/दुई सांसद् छन्। कांग्रेसका तर्फबाट १३ जनाको प्रतिनिधित्व छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell