PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अमिताव र जयाको सम्पत्ति १००० करोड, ६ वर्षमा दोब्बर 



पहिलोपोस्ट

अमिताव र जयाको सम्पत्ति १००० करोड, ६ वर्षमा दोब्बर 

भारतको राज्य सभा सदस्यका उम्मेदवार जया बच्चनले गत शुक्रबार आफ्नो मनोनयन दर्तासँगै सम्पत्ति विवरण पनि बुझाइन्। 

उनले बुझाएको विवरणअनुसार गएको छ वर्षमा वच्चन परिवार (जया र अमिताव) को सम्पत्ति पाँच सय करोडबाट एक हजार करोड पुगेको छ। उनीहरुसँग चार सय ६० करोडको अचल सम्पत्ति छ जुन सन् २०१२ को भन्दा दुईगुना बढी हो। त्यतिखेर १ सय ५२ करोड बराबरको अचल सम्पत्ति यो परिवारसँग थियो। चल सम्पत्ति भने ३ सय ४३ करोडबाट ५ सय ४० करोड पुगेको छ यो अवधिमा।

उनीहरूसँग ६२ करोडको गहना, १३ करोडका १२ वटा गाडी छन्। जयाको लखनउमा १.२२ हेक्टर खेतीयोग्य जमीन छ जसको मूल्य २ करोड २० लाख पर्छ। उनका पति अमिताव वच्चनको तीन एकडको प्लट छ जसको मूल्य ५ करोड ७० लाख पर्छ।      



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell