PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

उपभोक्ता अधिकार संरक्षण गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री अोली



पहिलोपोस्ट

उपभोक्ता अधिकार संरक्षण गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री अोली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता अधिकारको संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। 

विश्व उपभोक्ता अधिकार दिवशको अवसरमा शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले संविधानमा भएको व्यवस्था अनुसार उपभोक्तालाई गुणस्तरिय बस्तु तथा सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन्। 

उनले अपभोक्तालाई आफ्नो अधिकारको संरक्षण र कर्तव्य पालनामा सक्षम तुल्याउन उपभोक्ता सचेतना कार्यक्रमको आवश्यक्ता रहेको बताएका छन्।

उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरि आफ्ना क्रियाकलपहरु सञ्चालन गर्न उद्यमी र व्यवसायीहरुलाई प्रधानमन्त्री अोलीले आग्रह गरेका छन्। 

नियामक निकायलाई आफ्नो कार्य क्षमताको बिकास र विस्तार गरि उपभोक्ता अधिकार संरक्षणका लागि क्रियशील हुन पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell