PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गुण्डा नाइके गणेश लामालार्इ महानगरीय प्रहरी परिसर टेकु पुर्‍याइयो

गुण्डा नाइके गणेश लामालार्इ महानगरीय प्रहरी परिसर टेकु पुर्‍याइयो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: राजधानीको गौशालाबाट बुधवार राति प्रहरीले पक्राउ गरेका गुण्डा नाइके नेता गणेश लामालाई  महानगरीय प्रहरी परिसर टेकु लगिएको छ।

लामालाई ६ राउन्ड गोली र पेस्तोलसहित बुधबार पक्राउ गरि महानगरी प्रहरी वृत गौशालामा राखिएको थियो। थप अनुसन्धानको लागि लामालाई टेकु ल्याइएको परिसरका डिएसपी मोहनकुमार थापाले बताए। 

लामालाई प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिने भएको छ। पक्राउ परेका लामाले भने आफुलाई अरुले गोली हान्दा पेस्तोल खोसेर राखेको दावी गर्दै आएका छन्।

विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा पार्टी कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर प्रदेश सभाको चुनावी मैदानमा उत्रेका थिए। 

काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए।

अकूत सम्पत्ति कमाएको अभियोगमा जेलमा रहेका लामा संविधानसभामा उम्मेदवारी दिएको भोलिपल्टै ३ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए। मुद्दा विशेष अदालतमा अझै जारी छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell