PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

खोलाको बगर र नक्कली ऋणीबाट अर्बौंको कमाइ



सविन ढकाल

खोलाको बगर र नक्कली ऋणीबाट अर्बौंको कमाइ

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले शुक्रवार अर्बौं रुपैयाँको आर्थिक घोटला गर्ने तत्कालीन एपेक्स बैकका संचालकदेखि कर्मचारी गरी १३ जनालाई पक्राउ गर्‍यो। 

पक्राउ पर्नेहरुमा एपेक्स बैकका अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, वधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा रहेको व्यूरोका डिएसपी श्याम ओलियाले बताए।

राष्ट्र बैंकले दिएको सूचनाका आधारमा व्यूरोले करिब दुई साताको अनुसन्धान पछि उनीहरुलाई काठमाडौंको जोरपाटी, जमल, बागबजार, कमलपोखरीलगायतका स्थानबाट शुक्रवार पक्राउ गरेको हो। उनीहरुले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ बराबरको आर्थिक अनियमिता गरेको देखिएको हो। व्युरोले अहिलेसम्म हेरेको यो सबैभन्दा ठूलो आर्थिक अपराधको केस भएको डिएसपी ओलियाले बताए।
 

करोडौं ऋणको लागि खोलाको बगर र नक्कली ऋणी

प्रहरीले शुक्रवार पक्राउ गरेकोमा बैक संचालकदेखि भ्यालुएटर तथा मतियारसमेत रहेका छन्। उनीहरुले २०७२ साल कार्तिकमा एपेक्स बैक एनसीसीमा मर्ज हुनुभन्दा अगाडि घोटाला गरेको देखिएको हो। उनीहरुले काठमाडौं, ललितपुर, भक्तपुर, इटहरी, सुर्खेत लगायतका स्थानमा रहेका खोला छेउका जग्गा, पाखोबारी कमसल जग्गालाई महँगो मूल्यमा भ्यालुएसन गरी ऋण दिएको डिएसपी ओलियाले बताए। डिएसपी ओलियाले भने, 'धेरैजसो जग्गा कमसल किसिमको देखियो। कति त खोला र पाखोबारी मात्र छन्।' 

उनीहरुले नक्कली ऋणी बनाएर लाखौं रुपैयाँ ऋण प्रवाह गरेका छन्। 'धेरै जसो ऋण लिने व्यक्ति खोज्दा कतै भेटिएन। नक्कली ऋणी बनाइएको रहेछ,' डिएसपी ओलियाले भने।


महिनौं लाग्ने काम एकैदिनमा 

तपाईँले बैकबाट कुनै पनि सम्पत्ति धितो राखेर ऋण निकाल्न लाग्नुभयो भने महिनौं दिनसम्म लाग्न सक्छ। तर, उनीहरुले भने एकै दिनमा जग्गाको भ्यालुएसन गर्ने, धितो मूल्याङ्कन गर्ने र स्वीकृति गरेको भेटिएको छ। संचालक र कर्मचारीको मिलोमतोमा सबै काम एकै दिन सम्भव भएको डिएसपी ओलियाले बताए। जग्गासँगै हाउजिङ, व्यक्तिगत कम्पनी गरेर १ सय २८ वटा धितो फाइल बनाउन उनीहरु सक्रिय रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell