काठमाडौं : ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ को उपाधि आयोजक नेपाल एपीएफ क्लबले जितेको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न फाइनलमा एपीएफले शिवम् न्यू डायमण्ड एकेडेमी काठमाडौंलाई २५–१९, २५–१८, २५–१९ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।
यसैगरी नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई २५–१२, २५–१३, २५–१३ को अन्तरले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ।
च्याम्पियन एपीएफले दुई लाख ५० हजार तथा उपविजेता न्यू डायमण्डले एक लाख २५ हजार र तेस्रो भएकव पुलिसले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी घोषित एपीएफकी कप्तान विनिता बुढाथोकीले एक थान स्कुटर पुरस्कार स्वरुप हात पारेकी छन्।
यसैगरी एपीएफकी नेविका चौधरी उत्कष्ट स्पाइकर, न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, एपीएफकै मनिषा तामाङ उत्कृष्ट डिफेन्स, एपीएफकै सरस्वती चौधरी उत्कृष्ट ब्लकर, न्यू डायमण्डकी कृपा अधिकारी उत्कृष्ट सेटर र एपीएफका ज्ञानेन्द्र बहादुर विष्ट उत्कृष्ट प्रशिक्षक भएका छन्। उनीहरुले ५-५ हजार रुपैयाँ प्राप्त गरेका छन्।