PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चीनको राष्ट्रपतिमा पुनः सी, उपराष्ट्रपतिमा वाङ चिसान निर्वाचित



पहिलोपोस्ट

चीनको राष्ट्रपतिमा पुनः सी, उपराष्ट्रपतिमा वाङ चिसान निर्वाचित
शनिबार भएको निर्वाचनमा राष्ट्रपति सीको पक्षमा मदतान गर्दै चिनियाँ जनकंग्रेसका सदस्यहरू। फोटोः सिन्ह्वा

बेइजिङः चिनियाँ राष्ट्रपति सि जिङपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिनमा निर्वाचित भएका छन्। चीनको संसदमा शनिबार सीलार्इ राष्ट्रपतिमा निर्वाचित गरियोस भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको हो। 

चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ। उनको पक्षमा बैठकमा उपस्थित २९७० जनाले मत हालेका थिए। विपक्षमा कुनै पनि मत परेको थिएन्। 

६४ वर्षिय सी केन्द्रिय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित भएका छन्। 

उनले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा सपथ ग्रहण गरेका छन्। 

चिनियाँ राष्ट्रपतिले यस्तो तरिकाले सपथ लिएको यो पहिलो पटक हो। 

गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्यूनिष्ट पार्टीको महाधिवेशनबाट पार्टीको महासचिवमा निर्वाचित भएका थिए। 

गत सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटिकल व्युरोको स्थायी समिति सदस्यका रुपमा केन्द्रिय नेतृत्वमा पुगेका सी छोटो समयमै चीनको राष्ट्रपति र शक्तिशाली नेताको रूपमा स्थापित भएका छन्। 

गत अक्टोबरमा सम्पन्न महाधिवेशनले पार्टीको विधानमा सी विचारधारार्इसमेत समावेस गरेको छ। 

शनिबार नै चिनियाँ संसदले दुर्इ कार्यकालका लागि मात्र कुनै एक व्यक्ति राष्ट्रपति बन्ने संवैधानिक प्रावधानलार्इ हटाएको छ। योसँगै उनी अनिश्चितकालसम्मका लागि राष्ट्रपति बन्ने सम्भावना रहेको रोयटर्सले जनाएको छ। 

चिनियाँ कम्यूनिष्ट पार्टीको इतिहासमा एउटा महासचिवले महाधिवेशमा अागामी नेतृत्व छनोट गर्ने प्रचलन भएपनि सीले गत अक्टोबरको महाधिवेशनमा यो प्रचलनलार्इ तोडेका थिए। 

संसद्ले सिका निकट मानिने भ्रष्टाचारविरोधी अभियान्ता वाङ चिसानलाई पनि शनिबार नै उपराष्ट्रपतिमा निर्वाचित गरेको छ। 

राष्ट्रिय जनकंग्रेसको १३औ बैठकको पहिलो चरणमा सहभागी झण्डै तीन हजार सांसदहरुले उनीहरूलाई निर्वाचित गरेका हुन्। 

उपराष्ट्रपति वाङले पनि शनिबार नै सपथग्रहण गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell