PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

ला लिगा : बार्सिलोनालाई ११ अंकको अग्रता, एट्लेटिको पराजित



पहिलोपोस्ट

ला लिगा : बार्सिलोनालाई ११ अंकको अग्रता, एट्लेटिको पराजित

स्पानिस ला लिगा अन्तर्ग गएराती भएको खेलमा लिग लिडर बार्सिलोनाले जिपत हात पार्दा दवस्रो स्थानको एट्लेटिको मड्रिड पराजित भएको छ।

बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एथ्लेटिक विल्वाओलाई २-२ ले हरायो। नोउक्याम्पमा बार्सिलोनालाई वित दिलाउन फ्रान्सिस्को अल्कासेर र लियोनल मेसीले गोल गरे। उता दोस्रो स्थानको एट्लेटिको मड्रिड भियारियालसँग २-१ ले हरेपछि बार्सिलोनालाई थप फाइदा पुगेको छ।

यस सिजन ला लिगामा बार्सिलोना २९ खेलमा अपराजित छ र यस अवधीमा ७४ गोल गर्दा १३ गोल मात्र खाएको छ। अहिलेसम्म ला लिगामा कुनै पनि टिमले अपराजित रहदै उपाधि जित्न सकेको छैन। 
सन् १९७९-८० को सिजनमा रियल सोसिडाड ला लिगाको ३२ खेलमा अपराजित थियो।

२९ खेलबाट ७५ अंक जोडेको बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोमाथि ११ अंकको अग्रता बनाएको छ। समान खेलबाट एट्लटिकोको ६४ अंक छ।

खेलको १५औँ मिनेटमै एन्टोनी ग्रीजमनको गोलमार्फत अग्रता लिएको एट्लेटिको मड्रिड भियारियालका एनेस उनालले अन्तिम ८ मिनेटमा दुई गोल गरेपछि पराजित भएको हो। उनालले ८२औँ मिनेटमा बराबरी गोल गरेका थिए भने इन्जुरी टाइममा विजयी गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell