PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनः स्टालिनपछि शक्तिशाली नेता, उनकै लागि गरिएको थियो संविधान संशोधन



पहिलोपोस्ट

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनः स्टालिनपछि शक्तिशाली नेता, उनकै लागि गरिएको थियो संविधान संशोधन
Photo: AP

मस्कोः  विश्वको सबैभन्दा ठूलो देश रूसको राष्ट्रपति पदमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन निर्वाचित भएका छन्। 

अाइतबार सम्पन्न निर्वाचनमा पुटिनको पक्षमा करिब ७६ प्रतिशत भन्दा बढी मत परेको बताइएको छ। 

सात जना प्रतिस्पर्धिका साथ चुनावी मैदानमा उत्रिएका पुटिनले विपक्षीको भन्दा निकै ठूलो मतान्तरले विजयी भए। योसँगै विश्वको ठूलो देशमा जोसेफ स्टालिनपछि धेरै समयसम्म शासन गर्ने उनी दोस्रो व्यक्ति समेत बनेका छन्। स्टालिनले ३० वर्ष रूसमा शासन गरेका थिए। 

स्टालिनले सन् १९२२ देखि सन् १९५२ सम्म तीस वर्ष रूसमा साशन गरेका थिए। अब पुटिनले २४ वर्ष शासन गर्ने छन्। उनी सन् २०००, २०१२ मा राष्ट्रपति पदमा निर्वाचित भएका थिए। त्यस्तै २००८-१२ सम्म उनी प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। 

यो जितसँगै रूसको राजनीतिमा सातब्दीको एक चौथाइ वर्ष उनको नियन्त्रणमा रहने एएफपीले जनाएको छ। 

६५ वर्षिय पुटिनले यसपटक अघिल्लो पटकको निर्वाचन भन्दा करिब १३ प्रतिशत मत बढी पाएका छन्। करिब ११ करोड मतदाताले निर्वाचनमा सहभागि भएका थिए। जुन कुल मतदाताको ६० प्रतिशत मत हो। 

त्यहाँका प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीले भने निर्वाचनमा उठ्न पाएका थिएनन्। निर्वाचनसम्बन्धी कानुन देखाएर उनलाई चुनावमा उठ्न नै रोक लगाइएको थियो। 

उनका निकटतम प्रतिद्वन्द्वी पावेल ग्रुडिनिनले ११ दशमलव ८ प्रतिशत मत प्राप्त गर्दा पुटिनले ७६ दशमलव ६६ प्रतिशत मत प्राप्त गरको रूसको निर्वाचन अायोगले जनाएको छ। 

त्यस्तै भ्लादिमिर जिरिनोवस्कीले ५ दशमलव ६७ प्रतितश मत ल्याउँदा कसीनिया सोवचकले १ दशमलव ६७ प्रतिशत मत प्राप्त गरेका थिए। 

पुटिनका लागि संविधान संशोधन
यसअघि पुटिन लगातार २००२ देखि २००८ सम्म दुर्इ पटक रूसको राष्ट्रपतिमा निर्वाचित भएका थिए। संविधानमा कुनै एक व्यक्ति दुर्इ पटक भन्दा बढी राष्ट्रपति बन्न नपाउने व्यवस्थाका कारण उनी सन् २००८ मा प्रधानमन्त्री पदमा उम्मेदवार बनेका थिए। उनले प्रधानमन्त्रीमा समेत जित हात पारेका थिए। 

सन् २०१२ मा पुटिन पुनः राष्ट्रपति पदमा उम्मेदवार बन्ने चाहे। त्यसैले पनि संविधान संशोधन गरी सो बन्देजलार्इ हटाइयो। साथमा राष्ट्रपतिको कार्यकाल ४ वर्षबाट बढाएर ६ वर्ष पुर्‍याइयो। 

उनी रूसी खुफिया एजेन्सी केजीबीका जासुस थिए। यही जागिरको क्रममा उनको देशको कुना कुनामा प्रभाव थियो। उनले विपक्षीलार्इ पूर्ण रूपमा नियन्त्रणमा लिइसकेका छन् भने सञ्चार माध्यममा पनि सरकारी नियन्त्रण कायम राखेका छन्। 

रूसमा उनको प्रसिद्धि पछिल्लो पटक क्रिमियालार्इ अाफ्नो अधिनमा ल्याएसँगै चुलिएको थियो। सन् २०१२ मा ६३ प्रतिशत मत ल्याएका उनले सन् २०१८ मा अाइपुग्दा यो मत १३ प्रतिशत बढेर ७६ प्रतिशत पुग्यो। 
यसलाई कतिपयले भने अस्वाभाविक मत पनि भनेका छन्। 

पुटिनले रुसलाई सन् १९९९ देखि नै नेतृत्व गर्दै आएका छन्। पछिल्ला सर्वेक्षणहरुले उनलाई थप लोकप्रिय भएको देखाएका छन्। 

यस पटकको निर्वाचनमा क्रेम्लिनले अपेक्षा गरेकोभन्दा मत भने कम खसेको थियो। 

राष्ट्रपति पुटिनको चुनावी अभियान टोलीका सदस्यहरुले उनले प्राप्त गरेको मत अपेक्षित नै रहेको भन्दै यो जनादेश पुटिनलाई भविष्यमा आवश्यक निर्णय गर्न र निर्वाध रुपमा सरकार चलाउन सहज हुने प्रतिक्रिया दिएका छन्। 

'जनताले मेरो कामको अनुमोदन गरे,' राष्ट्रपति पुटिन 
चुनावको नतिजा जितको निश्चित आएपछि पुटिनले मस्कोमा आफ्ना समर्थकहरुको एक सभालाई सम्बोधन गर्दै भने। 

त्यस सम्बोधनमा उनले आफूले विगतमा देश र जनताको लागि उपलब्धिमूलक काम गरेकोले देशबासीहरूले आफ्नो सो कार्यको अनुमोदन गरेको बताए। 

'मेरो निर्वाचनको एजेण्डा पनि यही नै थियो, मेरो कार्यकालमा रूस को आर्थिक बृद्धि भएको छ त्यसैले देशको भविश्यका लागि मतदान गर्नुहोस् भनेर जनतासँग अपिल गरेको थिएँ,' उनले भने, 'जनताले यसलार्इ अनुमोदन गरिदिए।'
 
त्यस सम्बोधनका क्रममा त्यहाँ उपस्थित एक पत्रकारहरुले उनलाई फेरि अर्को ६ वर्षे कार्यकालका लागि पनि उठ्नुहुन्छ कि उठ्नुहुन्न? भनी प्रश्न गरेका थिए । 

राष्ट्रपति पुटिन पत्रकारहरूको सो जिज्ञासा सुनेर निकै लामो हाँसो हाँसे। यस प्रश्नलाई उनले एउटा ठूलो ठट्टा भनेर जवाफ दिए। 

'यहाँहरूलाई लाग्ला म सयवर्षको उमेरसम्म पनि पदमै रहनेछु, तर त्यस्तो हुँदैन,' उनले भने। 

चिनियाँ राष्ट्रपतिको बधार्इ सन्देश
यसैबीच चिनियाँ राष्ट्रपति चिनफिङले रुसी राष्ट्रपतिमा पुटिन निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन्। 

उनी रुसी राष्ट्रपति पुटिनलाई बधाई दिने पहिलो विदेशी राष्ट्रप्रमुख बनेका छन्। 

पुटिनको मतगणना अन्तिममा पुगेपछि नै चिनियाँ राष्ट्रपति सीले पुटिनलाई एक सन्देश पठाई बधाई दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

चिनियाँ समाचार समिति सिन्हकाअनुसार उनले पठाएको बधार्इ सन्देशमा पुटिनको आगामी कार्यकालमा चीन र रुसबीचको सम्बन्ध थप सुदृढ बन्ने अपेक्षा राखेका छन्। 

पुटिनको आगामी छ वर्षे कार्यकालमा रुस थप समुन्नत, विकसित र समृद्ध बन्ने अपेक्षा चीनले गरेको राष्ट्रपति सीले बताएका छन्। 

राष्ट्रपति सी शनिबार मात्र चीनको राष्ट्रपति पदमा पुनः निर्वाचित भएका थिए। 

सीले सन्देशमा वेइजिङले मस्कोसँग उच्च स्तरको सम्बन्ध राखी काम गर्न चाहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell