PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कानुनमन्त्री तामाङसँग ३० तोला सुन, ७० लाख ऋण: चार जिल्लामा जग्गा



पहिलोपोस्ट

कानुनमन्त्री तामाङसँग ३० तोला सुन, ७० लाख ऋण: चार जिल्लामा जग्गा

काठमाडौं: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरका छन्। मन्त्री तामाङले आज सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको ३० तोला सुन रहेको छ।  

त्यसैगरी मोरङ बेलबारीमा १ विघा जग्गा रहेको छ। सिन्धुपाल्चोकका तामाङको गोकर्णेश्वरमा ३ आना ३ पैसा २ दामको घर रहेको र उक्त घर उनका श्रीमती उषाकला राईको नाममा रहेको छ। त्यसैगरी खोटाङमा जग्गा रहेको छ।

मन्त्री तामाङसँग ३० तोला सुन रहेको छ। त्यसैगरी विभिन्न कम्पनीमा १५ लाखको सेयर रहेको छ। उनले कृषि विकास बैंकबाट ४० लाख ऋण लिएको र विभिन्न ठाउँबाट ३० लाख सापटी लिएको बताएका छन्। एउटा गाडी, ल्यापटप २ वटा र मोबाइल २ वटा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell