युरोपियन राष्ट्र नेदरल्याण्ड्स पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
फ्रान्समा भइरहेको आठौँ संस्करणको महिला विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा स्वीडेनलाई अतिरिक्त समयमा पराजित गर्दै नेरद्लयाण्ड्सले ३ पटकको च्याम्पियन अमेरिकासँग उपाधि भीडन्त पक्का गरेको हो।
स्टेड डे लियोनमा भएको खेलमा डच टोलीका लागि ज्याकी डे ग्रोएनेनले एक मात्र निर्णायक गोल गरिन्। निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट खेल हुन नसकेपछि खेल अतिक्त समयमा गएको थियो। ३० मिनेटमा थप गरिएको उक्त समयको नवौँ मिनेटमा ग्रोएननेनले गोल गर्दै डच टोलीलाई अग्रता दिलाइन्। त्यसपछि गोल फर्काउन नसक्दा एक पटकको उपविजेता स्वीडेन सेमिफाइनलबाटै बाहिरियो।