PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रहरी मेसमा खाना खाएपछि गृहमन्त्रीले भने: रासन विभेद हटाउन पहल गर्छु

प्रहरी मेसमा खाना खाएपछि गृहमन्त्रीले भने: रासन विभेद हटाउन पहल गर्छु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: गृहमन्त्री रामबहादुर थापा आज बिहानै महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगे। मन्त्री थापा प्रहरी वृत्त निरिक्षणको लागि  पुगेका थिए।
मन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण गरे। त्यसपछि उनी लागे प्रहरी मेस तिर।

जहाँ प्रहरीहरु लाइनमा बसेर खाना खाइरहेका थिए। मन्त्री थापालाई देख्ने वितिकै प्रहरी जवानहरु उठे। त्यसपछि उनले सबैलाई बस्न आग्रह गरे।
मन्त्री थापाले भने ‘हामी पनि यही खाना खान्छौं, पुग्छ ।’  मन्त्रीले मेसमा नै खान खाने भनेपछि केही प्रहरी छक्क परेका थिए। 

खाना छाडेर ट्वाल्ल परेका प्रहरीको छेवैमा गृहमन्त्री पुगे र थचक्क बसे। ‘हामीलाई पनि खाना ल्याउनुहोस् ’ मन्त्रीका प्रेस संयोजक किरण भट्टराईले गृहमन्त्री बादललाई उद्धृत गर्दै भने। 

गृहमन्त्रीको स्वकीय सचिवालयका सदस्य र प्रहरी वृत्तका प्रमुखले पनि सगै खाना खाएका थिए।

वृत्तका प्रहरीहरुलाई निर्देशन दिँदै मन्त्री थापाले जनताको जिउधनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न आग्रह गरेका थिए। 

सुरक्षा निकायका अन्य अंग भन्दा नेपाल प्रहरीको रासनमा विभेद रहेकोबारे आफू जानकार रहेको भन्दै गृहमन्त्री बादलले त्यो असमानता हटाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell