PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सातै मुख्यमन्त्रीलाई प्रधानमन्त्री ओलीको निर्देशन: असफल हुने छुट कसैलाई छैन



पहिलोपोस्ट

सातै मुख्यमन्त्रीलाई प्रधानमन्त्री ओलीको निर्देशन: असफल हुने छुट कसैलाई छैन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अबको जाडोमा प्रदेश २ मा कोही पनि मर्न नपर्ने दाबी गरेका छन्।

सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई बुधबार सिंहदरबारमा निर्देशन दिँदै उनले यस्तो बताएका हुन्। ‘अब प्रदेश २ मा, जाडोले कोही मर्नु हुँदैन्, तराईमा शितलहरका कारण जनताहरु मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि अहिले देखि नै योजना बनाएर काम थाल्नुस, जाडो यामसम्म आइपुग्दा परिणाम देख्न पाउनुपर्छ।’ 

त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो प्रदेशको विकासका लागि एक अर्कासँग प्रतिस्पर्धा गरेर अगाडि बढ्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिए।

आइतबार मात्र केन्द्र सरकारका मन्त्री तथा सचिवहरुलाई विकास सम्वृद्धिका लागि काम गर्न निर्देशन दिएका प्रधानमन्त्री केपी ओलीले आज सातै प्रदेशका मुख्यमन्त्री तथा प्रदेशका उच्च अधिकारीहरुलाई सिंहदरबारमा बोलाएर सम्वृद्धिको बाटोमा अगाडि बढ्न निर्देशन गरेका हुन्। 

उनले प्रदेशको सम्वृद्धि र विकासका लागि एक अर्को प्रदेशको राम्रो कुराको सिको गर्दै विकासमा प्रतिस्पर्धा गर्न निर्देशन दिएका हुन्। 
प्रधानमन्त्री ओलीले दीगो विकास लक्ष्य प्राप्तका लागि १२ वर्ष मात्र बाँकी रहेको भन्दै सो लक्ष्य प्राप्ति र गरिबी निवारणका लागि योजना बनाएर काम गर्न निर्देशन दिए। 

उनले स्थानीय स्तरमा विकास र सम्वृद्धि हासिल गर्नका लागि छिमेकीहरुको सहयोग लिइने समेत बताए। 

‘प्रधानमन्त्रीज्यूले, हामी हाम्रो विकासका लागि भारत चीनको साथ लिन्छौँ तर हाम्रो आन्तरिक मामिलामा कसैको हस्तक्षेप स्वीकार्दैनौँ भन्नु भयो,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने।
 
अन्तर्राष्ट्रिय जगतमा नेपालको सम्बन्ध बिग्रिएको भन्ने हल्ला निराधार भएको भन्दै उनले भने, ‘हामी जायज कुरामा उभिँदा कोही रिसाउँछ भने हामीलाई त्यसको प्रवाह छैन्, कोही रिसाउलाकी भनेर हामीले हेर्दैनौँ, हाम्रो आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न पाउँदैन्।’

प्रधानमन्त्रीले असफल हुने छुट कसैलाई पनि नभएको भन्दै योजना बनाएर विकास निमार्णमा सफल भएर देखाउन सबैलाई निर्देशन दिए। 

यसैबीच प्रधानमन्त्री ओलीले प्रदेशमा देखिएको न्यायकि समस्याको समाधानका लागि महान्याधिवक्ताको नेतृत्वमा गठन भएको समितिले काम गर्ने समेत बताए। 
उनले सामुदायीक क्याम्पसहरु ब्रिगँदो अवस्थामा रहेको भन्दै तीनिहरुलाई सुधारका लागि प्रदेशले योजना बनाएर लागु गर्न समेत निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell