PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विदेशी जेलमा किन छन् नेपाली?, अनौठो रहेछ कारण



विधुर ढकाल

विदेशी जेलमा किन छन् नेपाली?, अनौठो रहेछ कारण
प्रतीकात्मक फोटो : Shutterstock.com

काठमाडौं : परराष्ट्र मन्त्रालयको  कन्सुलर विभागको पछिल्लो तथ्यांक अनुसार ५ सय २ जना नेपालीहरु विदेशी जेलमा छन्। सबैभन्दा धेरै नेपालीहरु त खाडी मुलुककै जेलमा छन्। 

किन पर्छन् त जेल?

अधिकांश रक्सीका कारण विदेशी जेलमा पर्ने गरेका छन्।

रक्सीकै कारण नेपालीहरु जेलमा परेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। विभागका अनुसार ५०२ मध्ये करिब ६० प्रतिशत नेपाली रक्सीकै कारण जेलमा परेका छन्। 

‘हामीसामु आउने यस्ता केसहरुमा सबैभन्दा धेरै रक्सीकै कारण नेपाली त्यहाँका जेलमा परेको देखिन्छ,’ विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले भने, ‘त्यतिमात्र होइन्, जेलमा पर्नु पछाडिको कारण रक्सी नै हुने गरेको छ।’ 

उनका अनुसार झै-झगडा, ट्राफिक नियम उल्लंघन लगायतमा पनि नेपाली जेलमा छन्। तर, नियम उल्लंघनमा पनि रक्सी नै जोडिएको छ। ‘यी सबै कारण पछाडिको 'अल्टिमेट' कारण भनेको रक्सी नै देखिन्छ,’ राजभण्डारीले भने। 

खाडी मुलुकमा रक्सीमाथि प्रतिबन्ध रहे पनि नेपालीहरुले त्यहाँ रक्सी खानेमात्र होइन, उत्पादन गर्न र बेच्नै पनि भ्याइदिन्छन्। 

त्यस्तै विदेशी जेलमा रहेका २० प्रतिशत नेपाली लागू औषध सेवनका कारण पक्राउ परेको उनले जानकारी दिए। त्यस्तै मलेसियामा ‘ओभर स्टे’का कारण नेपालीहरु जेल पर्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell