PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बालाजुमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु



पहिलोपोस्ट

बालाजुमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौँः काठमाडौँको बालाजु चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  गएराति सवा १२ बजे बा ७९ प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा नुवाकोट बेलकोट नगरपालिका ३ घर भएका २१ वर्षीय सुनील पुडासैनी रहेका छन्। गम्भीर घाइते भएका पुडासैनीको शिक्षण अस्पताल महराजगंज मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार अर्का नुवाकोट बेलकोटगढीकै नवराज मुडभरी घाइते भएका छन्। उनको पिपुल्स मेडिकल कलेज नयाँबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell