PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आरक्षण केही समयलाई हो, पछिलाई काम लाग्दैनः प्रधानमन्त्री ओली



पहिलोपोस्ट

आरक्षण केही समयलाई हो, पछिलाई काम लाग्दैनः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गरेका छन्।

राष्ट्रिय महिला उद्यमी महासंघले  आज ललितपुरको सानेपामा आयोजना गरेको  तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आरक्षण केही समयलाई हो। पछिलाई काम लाग्दैन।’ अखिल नेपाल महिला संघको अगुवाइमा दशकअघि  सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको प्रधानमन्त्री ओलीले बताए।

महिलाहरुले सुरुमा ३३ प्रतिशत आरक्षण माग्नु भएको थियो,’ प्रधानमन्त्री ओलीले भने ‘स्थानीय तहदेखि संघीय संसदसम्म हेर्ने हो भने अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको छ । यसलाई हामी छिट्टै ५० प्रतिशत पुर्‍याउदैछौं।’

महिलाहरुको आर्थिक सवलीकरण नभएसम्म प्रतिष्पर्धी क्षमता बिस्तारमा केही कठिनाइ हुने भएकोले त्यसतर्फ पनि ध्यान दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘घरेलु उद्यममार्फत महिलालाई आर्थिक रुपमा शसक्त बनाउन सकिन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘महिला उद्यमीहरुले निर्यातजन्य वस्तुको उत्पादन गर्ने सके आर्थिक स्तर उकासिन धेरै समय लाग्दैन।’

प्रधानमन्त्री ओलीले मेलामा प्रदर्शनीका लागि राखिएका घरेलु उत्पादनका सामग्रीहरुको निरीक्षण पनि गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell