PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सिंहदरबारभित्रै पार्किङ बेथिति: हेर्नुस फोटोमा, प्रहरी भन्छन्-सिंहदरबारका साँढेहरुसँग सकिन्न

सिंहदरबारभित्रै पार्किङ बेथिति: हेर्नुस फोटोमा, प्रहरी भन्छन्-सिंहदरबारका साँढेहरुसँग सकिन्न

पहिलोपोस्ट /पहिलोपोस्ट


  • लक्ष्मण न्यौपाने

काठमाडौं: चैत ४ गते दिउँसो साढे १ बजे सानो कामले सिंहदरबार पुगेको थिएँ। कामले भन्दापनि मेरो ध्यान त्यहाँको सवारी साधन पार्किङले तान्यो।

नीति नियम सिकाउने देशकै प्रमुख प्रशासनिक केन्द्र, ठुलाठुला कार्यालय, ठुलै नेता र ठुला कर्मचारीको कार्य स्थलमा सवारी पार्किङ जथाभावी तरिकाले गरिएको थियो।   

मन्त्रालय अगाडिका फुटपाथ र जेब्रा क्रसिङमै सचिव र मन्त्रीका सवारी साधन पार्किङ गरिएको थियो। एकमात्र हैन प्रत्येक मन्त्रालय अगाडिको अवस्था उस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक। नो पार्किङ सूचक चिन्ह त उनीहरुका आँखाले ठम्याउनै गाह्रो भएजस्तै लाग्यो।

त्यसपछि म पार्किङका लागि छुटाइएको ठाउँ पुगे। उक्त ठाउँ भने खाली थियो।

नीति कार्यान्वयन गर्ने देशकै सबैभन्दा माथिल्लो निकायभित्रै यस्तो जथाभावी पार्किङ? यसबारे भित्रै तैनाथ प्रहरी अधिकृतसँग जिज्ञासा राखे।  उनकाअनुसार मन्त्रालयमा कार्यरत सचिवदेखि कर्मचारीसम्मका सवारी चलााउने अधिकांश ड्राइभरले प्रहरीलाई टेर्न छाडेका छन्। 'सिंहदरबारका साँढेहरुसँग सकिन्न' ती प्रहरी अधिकृतले उल्टै दुखेसो पोखे।
पार्किङका लागि तोकिएको क्षेत्र।
पार्किङका लागि तोकिएको क्षेत्र।


ट्रेन्डिङ पोस्ट

Ncell