PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अन्ना हजारेको सत्याग्रह पुनः रामलिला मैदानमा



पहिलोपोस्ट

अन्ना हजारेको सत्याग्रह पुनः रामलिला मैदानमा
Photo: ANI

नयाँ दिल्लीः भारतका भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारे पुनः रामलिला मैदानमा सत्याग्रह सुरु भएका छन्। 

उनले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै अन्नाले सत्याग्रह सुरु गर्न लागेका हुन्। 

उनले सत्याग्रह सुरु गर्नुपूर्व महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर महात्मा गान्धी प्रति श्रद्धाञ्जली अर्पण गरे। 

यसअघि सन् २०११ मा रामलिला मैदानमा अनसन बसेका हजारेको यसपटकको सत्याग्रह भने फरक हुने छ। यस पटक मञ्चमा कुनै पनि राजनीतिक दलका प्रतिनिधिलार्इ स्थान दिइने छैन। 

उनको सत्याग्रहमा किसानहरूले साथ दिने छन्। यो सत्याग्रह उनले किसानहरूका लागि सुरु गर्न लागेका हुन्। 

उनको अनसनमा बस्नका लागि कुनै पनि राजनीतिक दलको सदस्यता त्याग्नु पर्ने छ र भविष्यमा पनि कुनै राजनीतिक दलमा प्रवेश गर्न पाइने छैन। 

यसअघि २०११ मा भएको सत्याग्रहबाट अरविन्द केजरीवाल आम अादमी पार्टी निर्माण गरी दिल्लीको मुख्यमन्त्री बनेका छन्। 

उनले राखेको सर्त उल्लंघन गर्न विरुद्ध अदालतमा मुद्दा हालिने समेत उनले चेतावनी दिएका छन्। 

उनले यस सत्याग्रहका लागि दिल्ली प्रशासनलार्इ १६ पटक पत्र लेखिसकेका थिए। तीन दिन अगाडि मात्र उनलार्इ दिल्ली प्रहरीले सत्याग्रहका लागि अनुमति दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell