PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वैसाख १ देखि वुद्धको काठमाडौं-सुर्खेत सोझो उडान, रारा जानेलाई सुविधा



पहिलोपोस्ट

वैसाख १ देखि वुद्धको काठमाडौं-सुर्खेत सोझो उडान, रारा जानेलाई सुविधा

काठमाडौं : पर्याप्त यात्रु नपाएर उडान रोकेको वुद्ध एयरले काठमाडौंबाट सुर्खेत सोझो उडान सुरु गर्ने भएको छ। मुगुको रारामा पर्यटकीय गतिविधि बढ्ने क्रम सुरु भएसँगै बुद्धले थाल्ने उडानले पर्यटकले सुविधा पाउने छन्। यसअघि नेपालगञ्जबाटमात्र उडान गर्दै आएका थिए। मध्य पश्चिमका पहाडी जिल्लाबाट अधिकांश विमान सुर्खेत विमानस्थल झर्ने भएकाले बुद्धको सोझो उडानले यात्रुलाई सुविधा पुग्नेछ।    

कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई काठमाडौंसँग जोड्नका लागि वैसाख १ गतेदेखि उडान थाल्न नागरिक उड्ययन प्राधिकरणसमक्ष निवेदन दिने तयारी भइरहेको वुद्ध एयरले जनाएको छ। वुद्धले १८ सिटे बीच १९०० डी दैनिक रुपमा सुर्खेत उडान गर्ने छ। काठमाडौं सुर्खेत भाडा दर एकातर्फी अधिकतम् ११ हजार ४ सय १९ भए पनि वुद्धले कूल सिटको आधालाई ८ हजार ५ सय र आधालाई १० हजार ५ सय निर्धारण गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell