PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

मैत्रीपूर्ण फुटबल : ब्राजिल, अर्जेन्टिना र इंगल्याण्ड विजयी, जर्मनी र स्पेनले खेले बराबरी



पहिलोपोस्ट

मैत्रीपूर्ण फुटबल : ब्राजिल, अर्जेन्टिना र इंगल्याण्ड विजयी, जर्मनी र स्पेनले खेले बराबरी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल, अर्जेन्टिना र इंगल्याण्ड विजयी हुँदा जर्मनी र स्पेनले बराबरी खेलेका छन्।

ब्राजिलले वर्ल्डकपको आयोजक राष्ट्र रसियालाई ३-० ले हरायो। ब्राजिलाका लागि मिरन्डा, फिलिप काउटिन्हो र रपाउलिन्होले गोल गरे।

अर्जेन्टिनाले इटलीलाई २-० ले पराजित गर्‍यो। अर्जेन्टिनाका लागि एभर बनेगा र मानुएल लान्जिनीले गोल गरे।

जेस लिनगार्डको निर्णायक गोल मद्दतमा इंगल्याण्डले नेदरल्याण्ड्सलाई १-० ले हरायो।

जर्मनी र स्पेनले भने १-१ गोलको बराबरी खेले। रोड्रिगोले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएपनि थोमस मुलरले जर्मनीका लागि बराबरी गोल फर्काएका थिए।

यस्तै क्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गरेको दुई गोल मद्दतमा पोर्चुगलले इजिप्टलाई २-१ ले पराजित गर्‍यो। इजिप्टका लागि मोहमद सलाहले गोल गरेका थिए।

उता दुई गोलको अग्रता लिएर पनि त्यसलाई कायम गर्न नसक्दा फ्रान्स कोलोम्बियासँग ३-२ ले पराजित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell