PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

फेसबुक नियमन गर्ने कानुन बन्नुपर्‍यो, नत्र देशलाई नै घाटा : रामनारायण बिडारी



पहिलोपोस्ट

फेसबुक नियमन गर्ने कानुन बन्नुपर्‍यो, नत्र देशलाई नै घाटा : रामनारायण बिडारी
फोटो: बिडारीको फेसबुकबाट

काठमाडौं : राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले सामाजिक सञ्जालहरुको नियमनका लागि कानुन बन्नुपर्ने माग राखेका छन्। राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै सांसद बिडारीले यस्ता सञ्जालहरुको नियमन गर्ने कानुन नबने देशलाई नोक्सान पुग्ने चिन्ता प्रकट गरे।

'हिजोआज फेसबुक एकाउन्ट नहुने मान्छे नै छैन, ट्वीटर, ह्वाट्स एपका कुरै छाडौं, सबैले जथाभावी चलाइरहेका छन्,' बिडारीले भने, 'यसका लागि नियमन गर्ने कानुन भएन भने देशलाई नोक्सान पुग्छ।'

सामाजिक सञ्जालमा विवादास्पद र घृणाजन्य अभिव्यक्ति फैलाउनेको भिड बढेकाले यस्तो कार्य तत्काल नियन्त्रणमा लिनुपर्ने उनको माग थियो।

पुस १५ मा सर्वोच्च अदालतले सामाजिक संजाल तथा इन्टरनेटका माध्यमबाट हुने घृणाजन्य अभिव्यक्ति नियन्त्रणका लागि विद्यमान कानुनी व्यवस्था परिमार्जनका लागि निर्देशनात्मक आदेश जारी गरेको छ।

न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र सपना प्रधान मल्लको संयुक्त इजलासले प्रविधिको विकाससँगै भएका नयाँ चुनौतीलाई सम्बोधन गर्ने गरी मौजुदा कानुन परिमार्जन गर्न आदेश दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell