PahiloPost

Oct 3, 2024 | १७ असोज २०८१

युवालाई ओलीको ब्रिफिङ: हरेकले वैशाखमा एकजनालाई विद्यालय भर्ना गर्नुस



पहिलोपोस्ट

युवालाई ओलीको ब्रिफिङ: हरेकले वैशाखमा एकजनालाई विद्यालय भर्ना गर्नुस

काठमाडौं: नयाँ शैक्षिक सत्रदेखि सरकारले राष्ट्रिय साक्षरता अभियान लागु गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी शैक्षिक सत्रदेखि हरेक शिक्षित नागरिकले विद्यालय जाने उमेर पुगेका विद्यालय बाहिरै रहेका एक विद्यार्थीलार्इ भर्नाका लागि विद्यालय पुर्यागउने गरी योजना ल्याउन लागेको बताएका हुन्। बालुवाटारमा युवा परिषदका पदाधिकारीलाई ब्रिफिङ गर्दै उनले यस्तो घोषणा गरेका हुन्। 

'नयाँ शैक्षिक सत्र सुरु भएसँगै सरकारका हरेक मन्त्रीले एक विद्यार्थीलार्इ भर्नाका लागि विद्यालय पुर्यााउनु हुनेछ,' युवा परिषदका पदाधिकारीलार्इ निर्देशन दिँदै प्रधानमन्त्रीले भने, 'मैले पनि एक जनालार्इ विद्यालय भर्ना गराउन लैजान्छु तपार्इँले पनि लैजानुहोला।'

तरार्इमा अशिक्षा बढी रहेको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भने, 'मैले तरार्इको कुनै गाँउको एक बालक वा बालिकालाई विद्यालय भर्नाका लागि लैजाने छु।' दीगो विकास लक्ष्य प्राप्तिका लागि पूर्ण साक्षर नेपाल बनाउने लक्ष्यमा नेपाल अगाडि बढ्ने उनले बताए। प्रधानमन्त्री ओलीले वैशाख ५ गते देशव्यापी रुपमा भर्ना अभियान सञ्चालन गर्ने जनाए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell