PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

ग्यास लिक भई आगो लाग्दा लाखौको क्षति 



पहिलोपोस्ट

ग्यास लिक भई आगो लाग्दा लाखौको क्षति 

रुपन्देहीः बुटबलको होराईजन चोकस्थित शिव शंकर पथमा रहेको नन्दकुमारी पन्तको घरमा  आगलागी भएको छ। साँझ ९ बजेतिर आगलागी भएको  थियो आगो नियन्त्रणको लागि बुटबल उपमहानगरपालिको दमकल र भैरहवा दमकलको सहयोगले आगो नियन्त्रणमा आएको वडा प्रहरी कार्यलय बुटबलका  सई खिम बहादुर खनालले बताए।

घरको तेस्रो तलामा आगो लागेको थियो। पन्तले उक्त घर भाडमा दिएका थिए। घरको तेस्रो तलामा  माधव ढकालको गाडीका पसल रहेको थियो।

ढकालले संचालन गरेको सवारी साधन र घरमा प्रयोग हुने सिसा र प्लाष्टिकको गोदाममा ग्यास लिक भई सिलिन्डर पड्केर आगलागी हुदाँ करिब ७० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell