PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उपन्यास 'काठमाडौंमा एक दिन'को ट्रेलर रिलिज



पहिलोपोस्ट

उपन्यास 'काठमाडौंमा एक दिन'को ट्रेलर रिलिज

काठमाडौं: उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक भएको छ। टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यासको ट्रेलरमा उनकै निर्देशन रहेको छ। थारु स्वंयमले स्क्रिप्ट समेत लेखेकी हुन्।

ट्रेलरमा सबिर चुरौटे, कमल देवकोटा र झकेन बिसीको अभिनय छ।

९ वर्षको लेखन रहेको भनिएको उपन्यासले सामाजिक अन्यायमा परेका व्यक्तिहरु कसरी हिंसात्मक विद्रोहमा उत्रिन्छन् र त्यसले कसरी प्रतिहिंसाको श्रृङ्खला जन्माउँछ भन्ने कथा देखाउन खोजेको थारुले बताइन्। यसअघि चैत ५ गते उपन्यासको आवरण सार्वजनिक गरिएको थियो। उपन्यास विमोचन चैत २९ मा हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell