PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

विद्यार्थी आन्दोलनसामु झुक्यो शिक्षक सेवा आयोग, परीक्षा स्थगित



पहिलोपोस्ट

विद्यार्थी आन्दोलनसामु झुक्यो शिक्षक सेवा आयोग, परीक्षा स्थगित

काठमाडौंः चैत २३ गते हुने भनिएको अस्थायी शिक्षक परीक्षा स्थगित भएको छ। विद्यार्थीहरूको आन्दोलनसामु शिक्षक सेवा आयोग झुकेको हो। 

शुक्रवार बिहानै देखि विद्यार्थीहरूले परीक्षा स्थगित गर्न माग गर्दै आन्दोलित भएका थिए।

परीक्षा सञ्चालन गर्दा नियमित पठन पाठन प्रभावित हुन सक्ने भन्दै शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले परीक्षा स्थगित भएको सूचना प्रकाशित गरेको छ। 

संयुक्त विद्यार्थी संगठनले परीक्षा स्थगित गर्न माग गर्दै शैक्षिक हड्तालको घोषणा गरेको थियो। विद्यार्थी संगठनले परिक्षा स्थगित गर्न सरकारलाई दवाव दिन आज राजधानीका केही क्याम्पस अघि चक्का जाम समेत गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell