PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

देशभर क्यान्सरविरुद्ध शिविर सञ्चालन गर्छुः बिना मगर



पहिलोपोस्ट

देशभर क्यान्सरविरुद्ध शिविर सञ्चालन गर्छुः बिना मगर

काठमाडौंः खानेपानी तथा सरसफार्इ मन्त्री बिना मगरले क्यान्सर विरुद्ध देशभर स्वास्थ्य शिविर सञ्चालन गरिने बताएकी छिन्। क्रान्तिकारी महिला सञ्जालले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा अयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्। 

क्यानसरबाट कुनै महिलाले अकालमा ज्यान गुमाउन नपरोस भनेर नै देशभर क्यान्सर परीक्षण शिविर सञ्चालन गर्ने उनले बताइन्। क्यान्सरकै कारण कसैको पनि ज्यान नजाअोस भन्ने अफ्ना श्रीमानको चाहना रहेको स्मरण गर्दै मन्त्री मगरले उनको सपना साकार पार्ने प्रतिबद्धता समेत जनाइन्। 

'दिदी ज्ञानुको क्यान्सरको कारण निधन भएपछि हाम्रा प्रिय प्रकाश दाहाल यस्तो शिविर सञ्चालन गर्ने योजनामा थिए,' मन्त्री मगरले भनिन्, 'उनको चाहाना थियो क्यानसरको कारण कुनै महिलाले अकाल ज्यान गुमाउन नपरोस। सोही अनुरूप प्रकाशकै सपना पूरा गर्न देशभर यस्ता शिविर सञ्चालन गर्ने सोच छु।'

उनले स्थानीय तहको चुनाव लगत्तै शिविर सञ्चालन गर्न सोचमा भए पनि व्यवस्थापनमा कठिनाइ हुने भएपछि शिविर सञ्चालनमा ढिलाइ भएको बताइन्। 'एक पटक जाँच गरे ५ वर्ष ढुक्क बस्न सकिन्छ। महिलाको स्वास्थ्य सुरक्षाको लागि फेरि यस्ता स्वास्थ्य शिविर सञ्चालन गरिने छन्,' उनले भनिन्। 

मन्त्री मगरको निर्वाचन क्षेत्रमा सञ्चालन भएको शिविरमा महिलाको पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक जाँच गरिने छ। शिविर तीन दिन सम्म सञ्चालन हुने छ। 

पुनर्वास र बेलौरी नगरपालिकाका साथै बेल्डाडी गाउँपालिकामा हुने शिविरमा २ हजार बढी महिलाको निःशुल्क क्यान्सरको परीक्षण गरिने आयोजकले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell