PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सभापति देउवाले कांग्रेसको झण्डा ओढाएर दिए खड्कालाई अन्तिम श्रद्धाञ्जली, १४ फोटोमा हेर्नुस्

सभापति देउवाले कांग्रेसको झण्डा ओढाएर दिए खड्कालाई अन्तिम श्रद्धाञ्जली, १४ फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्कालाई पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा सभापति देउवाले खड्काको शवमा पार्टीको झन्डा ओढाएर अन्तिम बिदाइ गरेका हुन्।

उक्त अवसरमा कांग्रेसका नेता तथा उनका शुभेच्छुकहरुले खड्कालाई श्रद्धाञ्जली अर्पण गरेका थिए। खड्काको अन्तिम दाहसंस्कारका लागि पशुपति आर्यघाट लगिएको छ।

कांग्रेसले पूर्व महामन्त्री खुमबहादुर खड्काको निधनमा पाँच दिन शोक मनाउने निर्णय गरेको छ। आइतबार बसेको आकस्मिक बैठकले खड्काको निधनप्रति दुःख व्यक्त गर्दै पारित उक्त निर्णय गरेको हो। 

पूर्व गृहमन्त्रीसमेत रहेको खड्काको चैत १६ गते भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। शनिबार साँझ खड्काको शव उनको निवास सानेपामा ल्याएको थियो। खड्कको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिनेछ।

नेता खड्काको निधनको १३ औँ दिनमा कांग्रेसले केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने जनाएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell