PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

गाउँपालिका महासंघको अध्यक्ष र महासचिव दुबै सिन्धुपाल्चोकका: अध्यक्ष एमालेबाट, महासचिव कांग्रेसबाट



पहिलोपोस्ट

गाउँपालिका महासंघको अध्यक्ष र महासचिव दुबै सिन्धुपाल्चोकका: अध्यक्ष एमालेबाट, महासचिव कांग्रेसबाट

काठमाडौं: गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्षमा होमनारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। यसैगरी महासचिवमा वंशलाल तामाङ चयन भएका छन्।

श्रेष्ठ नेकपा एमालेका तर्फबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने तामाङ नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।

महासंघको दोस्रो महाधिवेशनबाट अध्यक्षसहितको ३७ सदस्यीय कार्यसमिति आज निर्विरोध चयन गरिएको हो। चैत १७ गतेदेखि शुरु भएको महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। 

उपाध्यक्षमा मेनुका काफ्ले, सचिवमा देवी बुर्लाकोटी कोषध्यक्षमा दिलमाया बुढा मगर तथा सदस्यमा प्रेमकुमार राई, खिमबहादुर थापा, मानबहादुर डाँगी, भोलाप्रसाद गुप्तालगायत निर्वाचित भएका छन्।

अध्यक्ष श्रेष्ठले आगामी दिनमा स्थानीय तहको अधिकारका लागि केन्द्र सरकारसँग समन्वय गरेर काम गरिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा ४०० गाउँपालिकाका अध्यक्षउपाध्यक्षको सहभागिता थियो। यसअघि महासंघमा घनश्याम खतिवडा अध्यक्ष रहेका थिए। स्थानीय तहअन्तर्गत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबाट मात्र कार्यसमिति चयन गर्ने गरिन्छ। नवनिर्वाचित कार्यसमितिको कार्यकाल पाँच वर्षको हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell