PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भूकम्पीडितलाई अनुदान: दोस्रो किस्ता लिने म्याद पुन तीन महिना थप



पहिलोपोस्ट

भूकम्पीडितलाई अनुदान: दोस्रो किस्ता लिने म्याद पुन तीन महिना थप

काठमाडौंः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर निमार्णको अनुदानको दोस्रो किस्ता बुझ्ने म्याद थप गरेको छ। प्राधिकरणको निर्देशक समितिको बैठकले दोस्रो किस्ता बुझ्ने म्याद असार मसान्त सम्म पुर्‍याउने निर्णय गरेको प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले जानकारी दिए। 

यसअघि प्राधिकरणले चैत मसान्तसम्म दोस्रो किस्ता वापतको रकम वितरण गर्ने जनाएको थियो। यसबीचमा केही लाभग्राहीहरु दोस्रो किस्ता वापतको रकम बुझ्ने सक्ने अवस्थामा नरहेको कारण म्याद थपिएको उनले जानकारी दिए। 

लाभग्राहीले दोस्रो किस्ता वापतको रकम बुझ्नका लागि घरको जग निर्माण गरिसक्नुपर्ने प्रावधान रहेको छ। 

अनुदान व्यवस्थति गर्नका लागि जिल्लामा तीन वटा इकाइ बनाउने निर्णय समेत भएको भुसालले जानकारी दिए। बैठकले जिल्लामा अनुदान तथा स्थानीय पूर्वाधार व्यवस्थापन इकाइ, भवन पुनःनिमार्ण इकाइ र शिक्षा इकाइ गठन गर्ने निर्णय गरेको हो। 

बैठकले पुनःनिर्माणको प्राथमिकता समेत निर्धारण गरेको छ। जसअन्तर्गत पहिलो चरणमा निजि आवास, दोस्रोमा शिक्षा तथा स्वास्थ्य संस्थाका भवन र तेस्रो चरणमा पुरातात्विक संरचनाको पुनःनिर्माण गर्ने गरी प्राथमिकताक्रम निर्धारण गरेको हो। प्राथमिकता क्रममा निजि आवास तर्फ असक्त र असहायहरुको घर निमार्णलाई पहिलो प्राथमिकतामा राखिएको छ। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको कार्यविधिमा रहेका अफ्ठेरा प्रक्रियालाई सहजिकरण गर्ने प्रतिवद्धता जनाएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell