PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

'मापसे' गरी ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन पक्राउ



पहिलोपोस्ट

'मापसे' गरी ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन पक्राउ

काठमाडौं: ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गत सोमवार मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्ने करिस प्रधान, सज्जन भण्डारी र ऋषेन्द्र गिरीलाई पक्राउ गरेको हो।
 
उनीहरुले ठमेलमा ट्राफिक प्रहरी जवान राहुलकुमार सिंहमाथि हातपात गरेका थिए। सिंहले तीब्र गतिमा आएको बा १५ च ८९४४ नम्बरको प्राईभेट कार सवारी निषेधित क्षेत्रमा जवरजस्ती प्रवेश गरेकाले पिछा गरेका थिए।

उक्त कारलाई पिछा गर्दै जाँदा ठमेलस्थित सातघुम्ती चोकमा उक्त कारको  कागजात माग्दा उनीहरुले अश्लीोल शब्द प्रयोग गर्दै धम्की दिई गालिगलौज गरेका थिए। उनीहरुले सडक किनारामा लत्रिएको बिजुलीको तारले शरीरमा घोच्नुका साथै हातपात समेत गरेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell