PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

डीपीएल : पवन सराफको अलराउण्ड प्रदर्शन, पारसको टिमको लगातार दोस्रो जित



पहिलोपोस्ट

डीपीएल : पवन सराफको अलराउण्ड प्रदर्शन, पारसको टिमको लगातार दोस्रो जित

काठमाडौं : पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्सले धनगढी प्रिमियर लिग (डीपीएल)मा लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार टिम चौराह धनगढीलाई पराजित गरेको छ। लो स्कोरिङ खेलमा विराटनगरले चौराहलाई १८ रनले पराजित गर्‍यो।

पहिलो खेलमा महेन्द्रनगर युनाइटेडसँग हारेको विराटनगरलाई लगातार दोस्रो जित दिलाउन पवन सराफले अलराउण्ड प्रदर्शन गरे। ब्याटिङमा ४१ रन बनाएका उनले बलिङमा ४ विकेट लिए।

दुई खेल जितेपछि ३ खेलबाट ४ अंक जोडेको विराटनगर चौराहलाई पछि पार्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। उता ४ खेल खेलेको चौराह दुईमा जित र दुईमा हारको नतिजापछि ४ अंकका साथ तेस्रोमा छ। प्लेअफमा स्थान बनाउन चौराहले अब लिगमा बाँकी रहेको रुपन्देही च्यालेन्जर्स विरुद्धको खेल जित्नैपर्नेछ। 

१२७ रनको स्कोर डिफेण्ड गर्ने क्रममा विराटनगरले चौराहलाई १०९ रनमा रोक्दै १८ रनको जित हात पारेको हो। चौराहलाई अलआउट गर्न विराटनगरका पवन सराफले ४ तथा कप्तान पारस र बसन्त रेग्मीले २-२ विकेट लिए।

चौराहका लागि शंकर रानाले २५ तथा अस्फाक अहमदले २२ रन जोडेपनि जितका लागि पर्याप्त भए।

त्यसअघि धनगढीस्थिसत एसएसपी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १ बल अगाडी अलआउट हुँदै १२७ रन बनाएको थियो।

विराटनगरका लागि पवन सराफले सर्वाधिक ४१ तथा अनिल शाहले २४ रन बनाए। बलिङमा चौराहका सुनिल धमलाले ४ तथा कप्तान सोमपाल कामी र रोहन मुस्ताफाले २-२ विकेट लिए।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell