PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गर्भवती अवस्थामा मदिरापान: पहिलो असर बच्चालाई



पहिलोपोस्ट

गर्भवती अवस्थामा मदिरापान: पहिलो असर बच्चालाई
फोटो: cdc.gov

काठमाडौं: गर्भवती अवस्थामा मदिरापान बच्चाको लागि घातकसिद्ध हुने विश्वचर्चित स्वास्थ्यसम्बन्धी जर्नल वेबमेडले जनाएको छ।

जर्नलकाअनुसार गर्भवतीले मदिरा सेवन गर्दा खाना आपूर्ति गर्ने नाभीबाट सिधै बच्चासम्म पुग्छ। अर्थात बच्चाले नै मदिरा पिएजस्तै हुन्छ। मदिराले बच्चाको मस्तिष्क र अन्य अंगहरुलाई गम्भीर असर गर्छ।

गर्भवतीले मदिरापान गरे बच्चामा पर्ने असरहरू

  • गर्भवती भएको बेला मदिरा सेवन गरे भने गर्भ रहेको केही समयमै बच्चा तुहिन सक्छ। 
  • गर्भ रहेको २८ हप्तापछिको समयमा बच्चा मृत जन्मन सक्छ। अर्थात गर्भवती भएको सात महिनामै पेटमा बच्चा जीवित भएको कुनै सङ्केत देखिन्न।
  • मदिरा सेवन गरेर जन्मेको बच्चा समयभन्दा अघि जन्मन सक्ने हुन्छ र उसमा विभिन्न स्वास्थ्य समस्या देखा पर्छ। बच्चालाई सास फेर्न गाह्रो हुन्छ।
  • बच्चाहरू जन्मँदै मिर्गौला र मुटु खराब भएर जन्मन सक्छन्। यसले तपाईँको बच्चाले हेर्ने तरिका विचार गर्ने तरिका र सिक्ने तरिकामा असर पर्छ। मानसिक र अन्य समस्याहरू आइलाग्छन।
  • बच्चा सानो, छोटो, र सामान्य भन्दा कम तौल भएको जन्मन्छ। स्मरण शक्ति कमजोर हुन्छ।

बच्चालाई ‘स्मार्टफोन’ : ‘ड्रग्स’ खान दिएजस्तै घातक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell