PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

विमानस्थलमा ३३ केजी सुन प्रकरण: ११ पक्राउ, प्रहरीसमेत शंकाको घेरामा



सविन ढकाल

विमानस्थलमा ३३ केजी सुन प्रकरण: ११ पक्राउ, प्रहरीसमेत शंकाको घेरामा

काठमाडौं: ३३ केजी सुन प्रकरणमा गठित छानविन समितिले ११ जनालाई पक्राउ गरेको छ। दुबई हुदै त्रिभुवन विमानस्थलबाट ३३ केजी सुन बाहिएपछि उत्पन्न घटनालाई लिएर गृह मन्त्रालयले केही दिन अगाडी सहसचिव इश्वरप्रसाद पौडेलको नेतृत्वमा छानविन समिति गठन भएको थियो। 

गृह मन्त्रालय स्रोतका अनुसार पक्राउ पर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलगायत र एक भारतका महाविर गोल्यान रहेका छन्।

मोरङको उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव गत फागुन २१ गते भेटियो। 

शाक्यलाई उर्लाबारीस्थित सोल्टी खोलासँगैको जंगलमा यातना दिएर हत्या गरिएको जिल्ला प्रहरी जानकारी गराएको थियो। शाक्यको हत्यापछि शव व्यवस्थापन गर्न भारत लैजाँदै थिए हत्या संलग्न व्यक्तिहरु। 

प्रहरीले विराटनगर ३ को गोधुली मार्गबाट बा १२ च ५९६३ नम्बरको स्कोरपिओमा शाक्यको शव फेला पार्‍यो। काभ्रेका ३० वर्षीय गाडी चालक ३० टेकराज मल्ल त्यही पक्राउ परे।

मल्लसँगको सोधपुछपछि बा १ च ५३९५ नम्बरको अर्को गाडीलाई नियन्त्रणमा आयो। जसमा थिए उर्लाबारीका ३७ वर्षीय मोहन काफ्ले र ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की। दुवै पक्राउ परे। 

गाडीभित्र प्रहरीले १२ भोल्टका दुईवटा ब्याट्री, डीसी पावरलाई एसीमा परिवर्तन गर्ने इन्भर्टर, करेन्ट लगाउन प्रयोग गरिने तार, रड लगायतका सामाग्री भेटियो। 

प्रहरीको अनुसन्धानले तस्करी भइसकेको सुन काठमाडौंबाट हराएपछि हत्यासम्मको घटना भएको देखायो। त्यसैको विवादले शाक्यको हत्या भएको अनुसन्धानमा खुल्यो। सँगै, घटना प्रहरीसँगको मिलेमतोमा हुन सक्ने देखिएपछि हेडक्वाटर नै सक्रिय भएर अनुसन्धान थालेको हो।

महानगरीय अपराध अनुसन्धान महाशाखको टोलीले अनुसन्धान गरेको थियो। प्रहरीकै भुमिकामा शंकास्पद देखिएपछि छानविन समितिले महाशाखाका प्रमुख एसएपी दिवेश लोहन, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई महाशाखाको जिम्मेवारीबाट हटाएर अनुसन्धान गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell