PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

डीपीएल : महेन्द्रनर दोस्रो क्वालिफायरमा प्रवेश, अत्तरिया बाहिरियो



पहिलोपोस्ट

डीपीएल : महेन्द्रनर दोस्रो क्वालिफायरमा प्रवेश, अत्तरिया बाहिरियो

काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच दोस्रो क्वालिफायर हुने भएको छ।

मंगलवार भएको एलिमिनेटरमा सिवाइसी अत्तरायलाई १५ रनले पराजित गर्दै महेन्द्रनगरले दोस्रो क्वालिफायर्मा स्थान बनाएको हो। मंगलावरै भएको पहिलो क्वालिफायरमा काठमाडौं चौराहसँग पराजित भएपछि फाइनल प्रवेशका लागि अर्को मौका पाएको हो। चौराह भने फाइनल पुगिसकेको छ।

महेन्द्रनगरले क्वालिफायरमा स्थान बनाउने क्रममा १३० रन डिफेण्ड गर्दै अत्तरियालाई पराजित गरेको हो। धनगढीस्थित एसएपी मैदानमा १३१ रनको लक्ष्य पछ्याएको अत्तरियाले पूरै २० ओभर खेल्दै ४ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो। अत्तरियाका लागि कप्तान सुवास खकुरेलले २५ बल खेल्दै २ चौकार १ छक्काको मद्दतमा सर्वाधिक ३० रन बनाए।

यस्तै दीपेन्द्र सिंह ऐरीले २७ रन जोडे। विदेशी खेलाडी विपिन चन्द्राले नटआउट २८ रन बनाए। बलिङमा महेन्द्रनगरका रोविन क्षेत्रीले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो। पहिलो ओभरमै कप्तान विनोद भण्डारीलाई १ रनमा गुमाएको महेन्द्रनगरको इनिङ्स आरिफ शेख र पुनित मेहराले सम्हालेका थिए।

आसिफ शेख ११ र पुनित विष्ट ६ रनमा आउट भएपछि आरिफ र पुनित मेहराले चौथो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। आरिफ शेखले ३७ बल खेल्दै ५ चौकाको मद्दतमा सर्वाधिक ३५ तथा विदेशी खेलाडी पुनित मेहराले २६ रन बनाए। यस्तै करण केसीले १३ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमान नटआउट २४ रन जोडे।

अत्तरियाका कमल सिंह ऐरीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए।

अब काठमाडौं र महेन्द्रनगरबीच दोस्रो क्वालिफायर बुधवार हुनेछ। विजेताले साविक विजेता टिम चौराह धनगढीसँग चैत ३० गते शुक्रवार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell