PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

फोरम नेपालको सम्पूर्ण संगठन पुनर्गठन हुने 



पहिलोपोस्ट

फोरम नेपालको सम्पूर्ण संगठन पुनर्गठन हुने 

काठमाडौं: संघीय समाजवादी फोरम नेपालको सम्पूर्ण संगठनहरु पुर्नगठन हुने भएको छ। पार्टी एकीकरण तथा निर्वाचनपछि स्थानीय तहदेखि केन्द्रसम्म तथा विभिन्न वर्गीय संगठनहरुको पुर्नगठन गर्ने तयारी फोरमले गरेको छ।

काठमाडौंमा तीन दिनसम्म चलेको फोरमको पदाधिकारी बैठकमा संगठन पुर्नगठन तथा सुदृढिकरणका विषयमा छलफल भएको उपाध्यक्ष रेणु यादवले पहिलोपोस्टलाई जानकरी गराइन्।

‘पदाधिकारी बैठकमा संगठनको पर्नुगठन, सुदृढिकरण तथा विस्तारका विषयमा छलफल जारी रहेको छ,’ यादवले भनिन्,‘हिजोबाट केही दिनका लागि बैठक स्थगित भएको हो। केही दिनभित्रै पुनः बैठक बस्नेछ।’

अव बस्ने बैठकले गर्ने निर्णयलाई राजनीतिक समितिमा छलफल गर्ने र त्यसपछि केन्द्रीय समितिमा छलफल गरेर कार्यन्वयनमा ल्याइने यादवले बताइन्।

पार्टीमा नयाँ प्रवेशी नेताहरुको जिम्मेबारी बाँडफाँडको विषयमा पनि छलफल भएको र तिनीहरुको व्यवस्थापनको काम पनि बाँकी रहेको यादवले बताइन्।

पदाधिकारी बैठकमा सरकारमा सहभागिताका विषयमा कुनै छलफल नभएको बताउँदै सरकारसँगको छलफल संविधान संशोधन बारे लिखित सहमतिमै अड्केको बताइन्।

आफुहरु अहिले पनि लिखित सहमतिको पक्षमा रहेको बताउँदै यादवले सहमति नभएसम्म सरकारमा सहभागी नहुने प्रष्ट पारिन्।

*(केही समय समाचारमा असम्बन्धित फोटो पर्न गएकोमा भूल सुधार गरिएको छ। -सम्पादक)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell