PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

डीपीएल : सन्नी पटेलको ६ विकेट र सुबोधको अर्धशतकमा काठमाडौंको जित, चौराहसँग उपाधि भिडन्त



पहिलोपोस्ट

डीपीएल : सन्नी पटेलको ६ विकेट र सुबोधको अर्धशतकमा काठमाडौंको जित, चौराहसँग उपाधि भिडन्त

काठमाडौं : दुई भारतीय खेलाडी सन्दी पटेल र सुबोध भाटीले उत्कृष्ट प्रदर्शन गरेपछि दवस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई पराजित गर्दै काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश गरेको छ।

बलिङमा सन्नी पटेलले ६ विकेट लिए भने ब्याटिङमा भाटीले अर्धशतक बनाए। महेन्द्रनगरले दिएको १४३ रनको लक्ष्य काठमाडौंले १८.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो।

महेन्द्रनगरका लागि पुनित मेहराले अलराउण्ड प्रदर्शन गरेपनि जितका लागि पर्याप्त भएन। 

काठमाडौंले अब साविक विजेता टिम चौराह धनगढीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा काठमाडौंलाई नै पराजित गर्दै चौराह फाइनल पुगेको थियो।

धनगढीस्थित एसएसपी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरको इनिङ्स सुरुमै ध्वस्त भएको थियो। कूल १० रन जोड्दा नै महेन्द्रनगरले ६ विकेट गुमाइसकेको थियो। काठमाडौंका सन्नी पटेलले आफ्नो पहिलो स्पेलमै ३ ओभर बलिङ गर्दा १ मेडन राख्दै ७ रन खर्चेर ६एक्लै ६ विकेट लिएका थिए। टप अर्डरका पुनित विष्ट (७) बाहेक बाँकी पाँच खेलाडी शुन्यमै आउट भए। कप्तान विनोद भण्डारी, आसिफ शेख, हरीशंकर शाह, रोहित पौडेल र भुवन कार्कीले खाता खोल्न सकेनन्।

५ ओभरमा १०-६ भएको महेन्द्रगर कम स्कोरमै रोकिने अवस्थामा पुगेको थियो। तर आरिफ शेख र पुनित मेहराले सम्हालिएर शानदार ब्या६ङ गरेपछि महेन्द्रनगरले ९ विकेट गुमाएर १४२ रन बनायो। यी दुईले सातौँ विकेटका लागि ८५ रनको साझेदारी गर्दै इनिङ्स उकासे। पुनित मेहराले ४२ बल खेल्दै समान ४ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए। आरिफले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए। यस्तै करण केसीले १२ बल खेल्दै २ छक्काको मद्दतमा २१ रन जोडे।

काठमाडौंका सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए। उनी डीपीएलको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी समेत हुन्। यस्तै सुबोध भाटी र पुष्प थापाले समान १ विकेट लिए।

१४३ रनको लक्ष्य पछ्याउने क्रममा अमित श्रेष्ठ र सुबोध भाटीले काठमाडौंलाई गतिलो सुरुवात दिलाए। अमित र सुबोधले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरे। आक्रमक ब्याटिङ गरेका भाटीले १८ बल खेल्दै ४ चौका र ५ छक्काको मद्दतमा ५२ रन बनाए। अमित श्रेष्ठले १९ बल खेल्दै ५ चौकाको मद्दतमा २५ रन जोडे।  यस्तै ३१ बल खेलेका कप्तान ज्ञानेन्द्र मल्लले समान १ चौका र छक्काको मद्दतमा २५ रन नै बनाए। भुपेन्द्र थापाले १५ तथा पुष्प थापाले ९ रन योगदान गरे। नरेश बुढाएर ७ तथा सन्नी पटेल ५ रनमा नटआउट रहे।  

बलिङमा महेन्द्रनगरका पुनित मेहराले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell