PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आइपीएल : मार्कन्डेको ४ विकेटले मुम्बईको हार टार्न सकेन, सनराइजर्सको लगातार दोस्रो जित



पहिलोपोस्ट

आइपीएल : मार्कन्डेको ४ विकेटले मुम्बईको हार टार्न सकेन, सनराइजर्सको लगातार दोस्रो जित

काठमाडौं : आइपीएलको ११औँ संस्करणको उद्घाटन खेलमा चेन्नाई विरुद्ध ३ विकेट लिँदै ड्रीम डेब्यु गरेका मायांक मार्कन्डेले दोस्रो खेलमा सनराइजर्स हैदरावाद विरुद्ध ४ विकेट लिएपनि साविक विजेता मुम्बई इन्डियन्सलाई लगायत दोस्रो हारबाट जोगाउन सकेन।

बिहीवार भएको रोमाञ्चक खेलमा मुम्बई सनराइजर्स हैदरावादसँग १ विकेटले पराजित भयो। सनराइजर्सको भने यो लगातार दोस्रो जित हो।

सनराइजर्सले आफ्नै मैदानमा मुम्बईलाई हराउने क्रममा १४८ रनको लक्ष्य ९ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्‍यो। मुम्बईका मार्कन्डेले ४ ओभरमा २३ रन खरुचेर ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्।

सनराइजर्सलाई लगातार दोस्रो जित दिलाउन शिखर धवनले २८ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ४५ रनको योगदान गरे। यस्तै ऋद्दीमन शाहले २२ रन जोडे।

दीपक हुडाले नटआउट ३२ रन बनाए। २५ बल खेलेका हुडाले समान १ चौका र छक्का प्रहार गरे।

बलिङमा मार्कन्डेले ४, मुस्ताफिजुर रहेमानले ३ तथा जसप्रित बुमराहले २ विकेट लिए।

त्यसअघि राजीव गान्धी इन्टरनेशनल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो। मुम्बईका लागि एभिन लेविसले २९ तथा सूर्यकुमार यादव र काएरन पोलार्डले समान २८ रन बनाए।

बलिङमा सनराइजर्सका सन्दीप शर्मा, बिल्ली स्टानलाके र सिद्दार्थ कौलले २-२ विकेट लिए। १ विकेट मात्र लिएका रसिद खानले किफायती बलिङ गर्दै ४ ओभरमा १३ रन मात्र खर्चे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell