PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

प्रधानमन्त्री ओलीद्वारा मधेशका दुई बालबालिकालाई विद्यालय भर्ना



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीद्वारा मधेशका दुई बालबालिकालाई विद्यालय भर्ना

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सिराहाका दुई बालबालिकालाई विद्यालय भर्ना गराएका छन्। उनले सिराहाका रुपाकुमारी मण्डल र पवन मल्लिक डोमलाई रामदुलारी माध्यामिक विद्यालय कल्याणपुरमा भर्ना गरेका हुन।

भर्नापछि प्रधानमन्त्री ओलीले निरक्षरता उन्मुलन गर्न उमेर पुगेका बालबालिका विद्यालय भर्ना गर्न सबैलाई आग्रह गरेका छन्।
 
दुई बालबालिकालाई विद्यालय भर्ना गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘निरक्षरता उन्मुलनमा आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन म सबैमा हार्दिक अपिल गर्दछु।’ 


यसअघि प्रधानमन्त्री ओलीले मुगुमा एक बालिकाको अभिभाकत्व ग्रहण गरी विद्यालय भर्ना गराइसकेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell