PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउँदै: सोही दिन जनकपुर जाने



पहिलोपोस्ट

भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउँदै: सोही दिन जनकपुर जाने
फाइल फोटो

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन्। मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ। यद्यपि संविधान जारीपछि भने यो उनको पहिलो भ्रमण हुनेछ।

वैशाख २८ गते मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको भारतीय र नेपाली अधिकारीहरुलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ। यसअघिको भ्रमणमा मोदीले जनकपुर जाने इच्छा देखाए पनि उनी जान पाएका थिएनन्।

भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए। ओलीले चैत २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गरेका थिए।
 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell