PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एभिसी सेन्ट्रल जोन भलिबल : नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो



पहिलोपोस्ट

एभिसी सेन्ट्रल जोन भलिबल : नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो

काठमाडौं : बंगलादेशमा भइरहेको एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको छ।

समूह ए मा आयोजक बंगलादेशसँग पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा सोझो सेटमा जित हात पार्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ।

मिरपुरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-२१, २५-१८, २५-१५ को सेटमा हरायो।

समूह ए मा बंगलादेश र नेपालले समान ३ अंक जोडेको छ। अब बंगलादेश र माल्दिभ्सबीच हुने समूहको अन्तिम खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell