PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

आइपीएल : चेन्नाई शीर्ष स्थानमा उक्लियो, हैदरावाद ४ रनले पराजित



पहिलोपोस्ट

आइपीएल : चेन्नाई शीर्ष स्थानमा उक्लियो, हैदरावाद ४ रनले पराजित

काठमाडौं : सनराइजर्स हैदरावादमाथि ४ रनको रोमाञ्चक जित हात पार्दै चेन्नाई सुपर किंग्स आइपीएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ।

आइतवार भएको खेलमा चेन्नाईले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावदले १७८ रन मात्र बनाउन सक्यो। जितपछि ५ खेलबाट ८ अंक जोडेको चेन्नाई पञ्जावलाई रनरेटमा पछि पार्दै पहिलो स्थानमा उक्लेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले अम्बाटे राएडु र सुरेश रैनाको अर्धशतक मद्दतमा ३ विकेट गुमाएर १८२ रन बनाएको थियो। ३७ बल खेलेका राएडुले ९ चौका र ४ छक्काको मद्दतमा ७९ रन बनाए। रैनाले ४३ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा नटबउट ५४ रन जोडे। कप्तान महेन्द्र सिंह धोनीले नटआउट २५ रन बनाए।

जवाफमा हैदरावादका कप्तान केन विलियमसनले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन। २२ रनमा ३ विकेट गुमाएको हैदरावादको इनिङ्स सम्हाल्दै विलियमसनले सर्वाधिक ८४ रन बनाए। ५१ बल खेलेका विलियमसनले समान ५ चौका र छक्का प्रहार गरे। युसुफ पठानले २७ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४५ रन जोडे।

हैदरावादलाई जितबाट रोक्न बलिङमा चेन्नाईका दिपक चाहरले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell