PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रिमियर लिग : म्यानचेष्टर सिटीको ५ गोल, आर्सनल युरोपा लिगको लागि संघर्ष गर्दै



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटीको ५ गोल, आर्सनल युरोपा लिगको लागि संघर्ष गर्दै

यस सिजनको प्रिमियर लिग उपाधि पक्का गरिसकेको म्यानचेष्टर सिटीले लिगमा विजय यात्रा जारी राख्दा आइतवार स्वान्सी सिटीलाई पराजित गरेको छ। पाँच फरक खेलाडीले गोल गरेको खेलमा सिटीले स्वान्सी सिटीलाई ५-० ले हरायो।

सिटीको जितमा डेभिड शिल्भा, रहिम स्टर्लिङ, केभिन डे ब्रुएना, बर्नान्डो शिल्भा र गाब्रीएल जेससले एक-एक गोल गरे।

जितपछि लिग लिडर सिटीको ३४ खेलबाट ९० अंक भएको छ। अब लिगमा ४ खेल मात्र बाँकी हुँदा सिटी प्रिमियर लिगमै सर्वाधिक अंक जोड्ने कीर्तिमान बनाउने दाउमा छ।

उता लिगको छैटौँ स्थानमा रहेको आर्सनलले वेष्टब्रोमलाई ४-१ ले पराजित गर्दै अर्को सिजन युरोपा लिग खेल्ने सम्भावना कायमै राखेको छ।

लण्डन क्लब आर्सनल चौथो स्थानमा रहेको टोटनहम भन्दा पनि ११ अंकले पछि छ। अब टोटनहमले सबै खेल हार्ने र आर्सनलले सबै खेल जितेमा मात्र आर्सनल शीर्ष चारमा पर्ने सम्भावना रहन्छ। त्यसका लागि पाँचौ स्थानको चेल्सी पनि पराजित हुनुपर्नेछ। चेल्सीको ३४ खेलबाट ६३ अंक छ।

३४ खेलबाट ७४ अंकका साथ दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडले अब एक अंक मात्र जोडेमा अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट हुनेछ।

प्रिमियर लिगमा शीर्च चार स्थानमा रहने टोली सिधै च्याम्पियन्स लिगका लागि छनोट हुनेछन् भने पाँचौ हुनेले युरोपा लिग खेल्नेछ। यस्तै छैटौँ हुनेले युरोपा लिगको लागि छनोट खेल्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell