PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइपीएल : मुम्बईमाथि राजस्थानको रोमाञ्चक जित, कृष्नप्पा गोवथामको शानदार ब्याटिङ



पहिलोपोस्ट

आइपीएल : मुम्बईमाथि राजस्थानको रोमाञ्चक जित, कृष्नप्पा गोवथामको शानदार ब्याटिङ

बलिङ अलराउण्डरको भुमिकामा खेल्ने कृष्नप्पा गोवथामले उत्कृष्ट ब्याटिङ गर्दै ११ बलमा नटआउट ३३ न बनाएपछि राजस्थान रोएल्सले मुम्बई इन्डियन्समाथि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ।

जितपछि ५ खेलबाट ६ अंक जोडेको राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ। ६ खेलबाट ६ अंक रहेको कोलकता र ५ खेलबाट ६ अंक रहेको हैदरावाद रनरेटका आधारमा क्रमश: तेस्रो र चौथो स्थानमा छ।

मुम्बईले दिएको १६८ रनको लक्ष्य राजस्थानले २ बल अगावै ७ विकेट गुमाएर पुरा गर्‍यो। राजस्थानलाई जितका लागि अन्ति दुई ओभरमा २८ रन आवश्यक थियो। १९औँ ओभरमा गोवथामले जोफ्रे आर्चरसँग मिलेर १८ रन जोडे। अन्तिम ओभरमा १० रन चाहिएको बेला मुम्बईका हार्दिक पाण्डेलाई गोवथामले दोस्रो बलमा चौका र चौथो बलमा छक्का प्रहार गर्दै जिताए।

राजस्थानलाई जित दिलाउन आठौँ नम्वरमा ब्याटिङ गरेका गोवथामले ११ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे। यस्तै सन्जु सामसनले ५२ तथा बेन स्टोकले ४५ रन योगदान गरे।

बलिङमा मुम्बईका जसप्रित बुमराह र हार्दिक पाण्ड्याले २-२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादव र इसन किसनको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो। यादवले ७२ तथा किसनले ५८ रन बनाए। किरण पोलार्ड २१ रनमा नटबउट हरे। राजस्थानका आर्चरले ३ तथा धवल कलकर्नीले २ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell