ज्यान नै सिरिङ्ग पार्ने सर्कसका 'टास्क'। डोरीमा झुन्डिँदै उड्ने, 'पार्कर' र मार्सल आर्टको 'फ्रि स्टाइल'। रहस्यमयी संगीतको धुनमा देखाइएको सर्कसका मुभमेन्ट। दर्शकहरु डराउँदै आङ जिरिङ्ग पार्छन्। सँगसँगै रमाएर तालीको वर्षा हुन्छ। 'पिन ड्रप साइलेन्स' पछि ह्विलचियर दर्शकहरुको मुस्कान। भन्छन्, 'वान्स मोर, वान्स मोर, एण्ड वान्स मोर।'
मिति : २०७४ चैत २३
समय : दिउँसो १
स्थान : झम्सिखेल, स्पोर्ट्स हाइभ।
शारीरिक रुपमा अशक्त ४० जना जति दर्शक। ३० भन्दा बढी ह्विलचियर प्रयोगकर्ता। उनीहरुकै लागि सो आयोजना गरेको छ 'सर्कस काठमाडौं'ले। नमीठा अतित भुलेर मनोरञ्जन दिइरहेका छन् 'सर्कस आर्टिस्टहरु'। उनीहरुकै भाषामा भन्नुपर्दा - बच्चैमा बेचिएका र जवान हुँदा भारतबाट उद्दार गरेर नेपाल फर्काइएका।
ठूलो हलको भित्ताभरि फूटबल प्लेयरका तस्बिरहरु। अगाडि पट्टिको भित्तामा ठूलो साइजको ऐना। अंग्रेजी म्युजिकको कर्कशलाग्दो आवाज। र, सर्कस प्राक्टिस गर्ने विभिन्न सामानहरु। यही ठाउँमा बित्छ - सर्कस गर्ने ६ जना युवाको दैनिकी।
४ पुरुष २ महिला। २ जना महिला बालकैमा बेचिएका। एक पुरुषको कथा उस्तै। एक सडक बालकबाट हुर्किँदै सर्कसमा समेटिएका। अन्य दुई युवा भविष्य खोज्दै सर्कसमा जोडिएका। अहिले यी सबै सर्कसका माध्यमबाट फरक क्षमता भएका बालबालिकाहरुलाई मनोरन्ञ्जन दिन्छन्। देशको विभिन्न ठाउँमा 'सर्कस ड्रामा' मार्फत् जनचेतना फैलाउँछन्।
आज उनीहरु ह्विलचियर प्रयोगकर्तालाई मनोरञ्जन दिन व्यस्त भए।
मिति : २०७४ चैत १५
समय : दिउँसो १२
स्थान: झम्सिखेल, स्पोर्टस् हाइभ।
डोरीमा असिनपसिन हुँदै अभ्यास गरिरहेकी छिन्। म्युजिकको तालसँगै शरीर रबरजस्तै तन्किरहेको छ। पसिनाले निथ्रुक्क भिजेकी। युवती भए पनि युवकको झैँ गठिलो शरीर। उनी आफ्नो अतित सुनाउन तयार हुन्छिन्।
फ्लासब्याक, १९९८ पछिको समय।
वास्तविक नाम याद छैन। शितल अधिकारीको रुपमा चिनिन्छिन् अहिले। घर हेटौडा। वर्ष २६। नेपाली हूँ भन्ने थाहा पाएको धेरै वर्ष भएको छैन। नेपालमा बिताएका क्षण उनको स्मृतिमै छैन। भारतमा बेचिँदाको उमेर कसरी याद होस्! घर परिवार, नाम, थर र गाउँ त झन याद हुने कुरै भएन। हजुरआमाले बेचेको जस्तो लागे पनि तिनको अनुहार उनको स्मृतिमा छैन। ठूलो 'कन्फ्युजन'मा दिन कटाइरहेकी छिन् उनी।
'२६ वर्ष र नेपाली हो भन्ने पासपोर्टमा छ,' थोरै निराशासहितको बोली फुट्छ, ' इण्डियन हुँ जस्तो लाग्थ्यो। के हो थाहा छैन।'
भारतमा हुँदा लाग्थ्यो - कोही छैनन् आफ्नो। संसार नै सर्कस ठान्थिन्। बाहिर भाग्ने त कल्पनाभन्दा टाढाको कुरा। भाग्नु मृत्युसँग पौंठेजोरी खेल्नु करिब उस्तैउस्तै। भाग्न प्रयास गर्नेहरुमाथि सर्कस साहुको निर्मम प्रहार नाङ्गा आँखाले नदेखेको भए शायद् त्यो प्रयास पनि गर्थिन् होला। सर्कसका जोखिमपूर्ण 'टास्क' बाध्यताले गर्नुपर्थ्यो। बँधुवा शैलीमा सर्कस जिन्दगी त्यसैगरी कटिरहेको थियो।
नौ वर्षको हुँदासम्म उनलाई भेट्न कोही पुगेनन्। कहाँ थिइन्, त्यो त थाहा हुने कुरै थिएन। सर्कस छिरेको दिनदेखि नै पिटाइ खान थालिन्। जनावरले पनि त्यति टर्चर भोग्दैनन् जति यिनले भोगिन्। मेकअप बिग्रे पनि पिटाइ खानुपर्ने, टास्क बिग्रिंदा पनि। सर्कस मालिकको यौन दुर्व्यवहारबाट बचेका केटी भेट्न मुस्किल। सबै पीडित, सबै बेचिएका।
घाउ, चोट र यातनाको शृंखला सम्झन चाहन्नन्। क्रुर र अमानवीय हर्कतका अनगिन्ति घटनाका साक्षी। 'टास्क’ गर्दा छाला च्यातिए आफै सियो धागो लिएर सिलाइदिन्थे। न रगत बगेको परवाह हुन्थ्यो, न त रोएको आवाज नै सुन्थे। ती क्षण सम्झँदा शरीरमा सिरिङ्ग हुन्छ। काँडा उम्रिन्छ उनको। गला अवरुद्ध पार्दै भन्छिन्, 'त्यो चिहानघरलाई सम्झनु छैन।'
बिहान ५ बजेदेखि राति १० बजेसम्म जोखिमपूर्ण टास्कहरु सिक्नुपर्थ्यो। सकी नसकी गर्नुपर्थ्यो तालिम। बाहिर हिँड्डुल त गर्न नपाइने ठाउँमा पारिश्रमिकका कुरा त परकै कुरा भयो। पिंजडामा थुनिएको चरीजस्तै जीवन।
नेपालबाट उद्दार गर्न समय-समयमा संस्थाका प्रतिनिधि पुग्थे सर्कसभित्रै। उनी सधैं लुक्थिन्। यातना भोग्दाभोग्दै थिलथिलो भइसकेकी थिइन्। त्यसैले सोच आउँथ्यो - 'को हुँ म? को छ र मेरो? एक्लै कहाँ जानु? के गरेर बस्नु?'
सर्कसको सकसमा अभ्यस्त भइसकेकाले भत्किन र बिग्रन केही बाँकी थिएन। न त सुखमा रमाउने र दु:खमा साथ दिने कोही आफन्त नै थियो।
सर्कसमा हुने धेरै केटीहरु नेपाली थिए। सबैको कथा उनको जस्तै। राजमहल सर्कसमा काम गर्थिन् उनी। भारतको विभिन्न ठाउँमा सर्कस हुन्थ्यो। सबैतिर पुग्नुपर्ने, सबैलाई मनोरञ्जन दिनुपर्ने।
एक दिन एकाएक सर्कसमा काम गरिरहँदा नेपालको संस्था उद्दार गर्न फेरि पुग्यो। अरु केटीहरुसँगै उनी पनि त्यो 'चिहान घर'बाट मुक्त भइन्। चाहेर मुक्त भएकी होइनन्। काठमाडौँ ल्याएपछि थाहा पाइन् – म त नेपाली केटी हुँ। उद्दार गर्ने संस्थाले नै होस्टेलमा राख्यो। बस्दाबस्दै नेपाली भाषा सिकिन्। अनौपचारिक रुपमा कक्षा ८ सम्म पढ्न पाइन्।
त्यसपछि के गर्ने? अन्योल यथावत। सर्कसबाहेक जानेको केही थिएन। न पढाइ न अन्य सिप। बाँच्नका लागि केही नगरी पनि सम्भव थिएन। सर्कसको सकसबाट उम्केका उनीहरुले नै जन्माए - नेपालको पहिलो र एकमात्र सर्कस- 'सर्कस काठमाडौं'।
१३ जना भन्दा बढी उनीहरु जस्तै सर्कस आर्टिस्टहरु यसमा समेटिए। सबै आर्टिस्टका समान कथा। सुरुमा जुटेका केही सदस्य बाहिरिसकेका छन्। कोही वैदेशिक रोजगारीतिर लागे, कोही गृहस्थ जीवनतिर।
सर्कस काठमाडौंले विदेशमा समेत 'च्यारिटी शो'हरु गर्ने गरेको छ। त्यही क्रममा शितल पनि विदेश जानुपर्यो। सबैसँग भिसाका लागि पासपोर्ट थियो। तर, उनी अनागरिक जस्तै। त्यसपछि सुरु भयो परिवारको खोजी। हेटौंडा गएपछि एउटा परिवार भेटियो- त्यो परिवारकी छोरी सानैमा हराएकी। उनलाई सर्कसमा 'शितल' भनेर बोलाउँथे। उनीहरुको छोरीको नाम पनि 'शितल' नै।
त्यही परिवारले छोरी मान्यो। उनले बुबाआमा भेटिन्। १६ वर्षपछि छोरी भेट्दा बुबाआमाको आँखाबाट आँसु झरिरह्यो। तर, किन हो उनलाई त्यसले कुनै प्रभाव परेन। न त रुन नै सकिन् न खुशी हुन नै।
दुई साता सँगै बसिन्। कागजात बन्यो। काठमाडौं फर्किन्। अहिले पनि कुरा हुन्छ, समय समयमा। भेट्न पनि पुगिरहेकै हुन्छिन्। तर, आफ्नोपनको अनुभव हुँदैन। भन्छिन्, 'किन, किन सम्बन्ध र आफन्तहरु खास लाग्दैन। अझै, हो कि होइनजस्तो लाग्छ।'
जिन्दगीको १६ वर्ष यातनामा बित्यो। उद्दार नभएको भए अझै इण्डियन सर्कसकै टास्कमा असिनपसिन भइरहेकी हुन्थिन्। नमिल्दा कुटाइ खाइरहेकी र यातना सहिरहेकी हुन्थिन्। अथवा, जिन्दगी नै नरहन सक्ने सम्भावना पनि। ती दिनलाई खराब सपनाको रुपमा भुल्न चाहन्छिन् उनी। उनीसामु 'भूतो न भविष्य'। न कुनै सपना छ, न कुनै आशा। आफन्तलाई गर्ने कुनै प्रश्न पनि छैन – सबै पाउँदा पनि केही पाइरहेकी छैनन्।
'भविष्य नि?'
भविष्यसँग जोडिएका प्रश्नहरु फोकट लाग्छ उनलाई। जिन्दगी सर्कसजस्तै हो- सम्बन्धहरु सम्झौताभित्रको सर्कस। भविष्य आफ्नो वशभन्दा बाहिरको क्षेत्र हो। भावुक हुँदै सुनाउँछिन्, 'पल-पल मरेर बाँचेको मान्छे मर्न डराउँदैन। सपना देख्दैन। योजना बुन्दैन। नभोग्नु नपर्ने कुराहरु सबै भोगियो। अब केही मतलब लाग्दैन। पर्दै जान्छ, टर्दै जान्छ।'
समाजले बेचिएको केटी भनेर खोट लगाउँछ। समाजबाट टाढिनुपर्ने कारण त्यही हो। सधैं एक्लो हुने चाहना छैन। आफैलाई मार्न चाहन्नन्। न त समाजको सोचाइ परिवर्तन गर्न सक्छिन् न त आफ्नो अतित मेट्न नै। चाहन्छिन्- समाजले अन्य नागरिकलाई जस्तै व्यवहार गरोस्। 'बेचिएको' भनेर नबोलाओस्।
मिति : २०७४ चैत २५
समय : दिउँसो १ बजे
स्थान : झम्सिखेल स्थित चिया पसल।
स्पोर्टस हाइभको सर्कस अभ्यासपछि खाजा खान जम्मा भएका छन् उनीहरु। त्यही आफ्नो कथा सुनाउन सुरु गर्छिन् सर्कस काठमाडौँकी अर्की पात्र।
नाम : सरस्वती अधिकारी।
उमेर : २९ वर्ष।
घर : हेटौंडा।
फ्लासब्याक : १९९८ पछिको समय।
उनी ९ वर्षको थिइन्। कक्षा ३ मा पढ्दै। त्यही बेला सर्कसमा बेचिइन्। कसले बेच्यो याद छैन। उनीसँग अरु ३ जना पनि सर्कसमा बेचिएका थिए। खानेकुरा र पैसाको लहलहैमा नचिनेकोसँग गएको अलिअलि सम्झना छ उनलाई।
सर्कसका सुरुवाती दिन रमाइलो लाग्यो उनलाई। नयाँ र राम्रा लुगा। थरिथरि मेकअप। मीठा खानेकुरा। उनलाई सोध्थे, तिमी गुडिया हौ? उनी विगत कोट्याउँछिन्, 'पछि त रोएको रोयै भइयो। नरमाइलो लाग्यो। समय बित्दै गए पछि बानी पर्न थाल्यो।'
अधिकांश केटीहरु प्रलोभनमा परेर सर्कस पुग्थे। पारिवारिक अवस्था कमजोर हुनेहरु बाध्यताले छोराछोरी पठाउँथे। एउटै सर्कसमा ५० जना भन्दा बढी नेपाली केटाकेटीहरु हुन्थे। बाध्यताले बाँधिएका। सर्कसमा दुर्घटना भएर मर्नेहरुको सूची पनि लामै थियो। अंगभंग भएर जीवन बर्बाद भएकाहरु पनि उत्तिकै।
सरस्वती सर्कसमै हुर्किइन्। १५ वर्ष नपुग्दै त्यहीँ बिहे भयो। १६ वर्षमा जुम्ल्याहा बच्चा जन्मिए। १७ वर्षमा अर्को थप एक बच्चा जन्माइन्। २० वर्ष नपुग्दै विधवा भइन्। तै पनि सर्कसमा काम गर्नै पर्ने। बिहेपछि कथा व्यथा फेरियो, तर जिन्दगी उस्तै निष्ठुरी।
त्यसरी नै सर्कसमा १६ वर्ष बिताइन्। नेपाल आउन जुरेको थिएन। परिवार १६ वर्षसम्म सम्पर्कविहीन। तीन वटा नाबालग छोरा। हजारौँ दु:ख सहेर सर्कस हेर्न आउनेलाई मनोरञ्जन दिइरहेकी थिइन् उनले।
त्यतिकैमा उनी काम गर्ने सर्कसमा उद्दार गर्ने संस्था पुग्यो। तीन छोरा च्यापेर नेपाल आइन्। सोचेकी थिइन्- परिवार खोज्छु र केही समयपछि भारत नै फर्कन्छु। तर, सोचेको भन्दा भैदियो उल्टो। उनले काम गर्ने सर्कस बन्द भयो। आरोप लाग्यो — 'तैले संस्था ल्याएर सर्कस बन्द गराइस्।'
यता हेटौंडाबाट उनका परिवार बसाइ सरिसकेको थियो। बल्लतल्ल चितवन पुगेर परिवार भेटिन्। तर, बुबा र ठूलो बुबाको मृत्यु भइसकेको रहेछ।
नेपाल आएपछि माइतीबाट नागरिकता बनाइन्। वैवाहिक अवस्था : सिंगल। तीन छोराहरु भारतमा जन्मिएका। श्रीमानको मृत्युपछि परिवारसँग सम्बन्ध छैन। छोराहरु अनागरिक भएका छन्। छोराहरुलाई नेपाली नागरिक कसरी बनाउने? यही तनाव छ उनलाई। भन्छिन्, 'सोच्यो भने तनाव नै तनाव हुन्छ।'
हजारौँ चोट सहे पनि जीवनसँग अझै आशावादी छिन्। तीन छोरालाई जसरी पनि धेरै पढाउने योजना छ उनको। जीवनको आशा भरोसा नै छोराहरुलाई मान्छिन्। नयाँ संसार बसाउने प्रतीक्षा छ। भन्छिन्, ' धेरै भन्दा धेरै पढाएर ठूलो मान्छे बनाउँछु। जीवनको प्राथमिकता र अन्तिम उद्देश्य नै त्यही हो। आफ्नो जिन्दगी त त्यसै गइगो।'
मिति : २०७५ वैशाख ५
समय : दिउँसो ३ बजे
स्थान : ललितपुरस्थित सर्कस काठमाडौंको कार्यालय।
काठमाडौं बाहिरका जिल्लाहरुमा बेचबिखन विरुद्ध नाटक देखाउने अभियानमा छन् उनीहरु। केही दिनदेखि त्यसैको रिहर्सल चलिरहेको छ। आजको रिहर्सल सकेपछि अफिसमै आराम गरिरहेका छन्।
सर्कस काठमाडौंका अर्का पात्र आफ्नो बाल्यकालको समयमा फर्कन्छन्।
नाम : विजय लिम्बू।
उमेर : २६, घर : सुनसरी।
विजयको कथा पनि अरुको भन्दा फरक छैन। उनी पनि सानैमा सर्कसमा बेचिए। पारिश्रमिक हातमा परेन। पिटाइ खाए। पटकपटक घाइते भए। बाध्यताले चार वर्ष यातनामा बिताए। ४ वर्षपछि उद्दार भयो। ६ महिना बुटवल बसे।
सर्कसमा जानु पहिले बुबासँग भेट भएको थिएन। बुबा ब्रिटिस आर्मीमा थिए। उद्धारपछि पहिलो पटक बुबासँग भेट भयो। तर, पारिवारिक वातावरणमा घुलमिल हुन सकेनन्। जसोतसो चार वर्ष घरपरिवारसँगै बिताए। मन भए पनि पढ्न सकेनन्। गलत बाटोमा हिँड्न थालिसकेका थिए। त्यही बेला उनलाई उद्दार गर्ने संस्थाले काठमाडौं बोलायो। त्यसको केही समयपछि सर्कस काठमाडौंमा जोडिए।
विगतप्रति पश्चताप छैन उनलाई। आफ्नो कथा भन्न लजाउँदैनन्। भविष्य सर्कसमै बिताउने योजना छ।
विजय जस्तै सरस्वती र शितल पनि नयाँ जीवनको लागि संघर्ष गरिरहेका छन्। भारतमा भन्दा यता सन्तुष्ट छन्। भविष्यबारे अनभिज्ञ उनीहरुले भोलिको दिन सोचिसकेका छैनन्। भन्छन्, 'पर्दै जान्छ, टर्दै जान्छ।'
***
मिति : २०७५ वैशाख ७
स्थान : स्पोर्टस हाइभ
समय : दिउँसो ४ बजे
सोसल ड्रामाको अन्तिम तयारी आज सकिएको छ। फ्रेस मुडमा बसिरहेका छन् उनीहरु। भ्याली बाहिर गर्ने कार्यक्रमको योजनामा छलफल चलिरहेको छ। उनीहरुको ध्यान हामीतिर तानिन्छ।
'सर्कसमा नेपाली चेलीहरु किन टार्गेटमा?'
'अब के गर्छ त सर्कस काठमाडौंले?'
दैनिक ५४ जना केटाकेटी नेपालबाट बेचिन्छन्। भारतको सर्कसमा हजारौं केटाकेटीहरु काम गरिरहेको छन्। विजय उनीहरुको उद्दार गर्न चाहन्छन्। तर, समस्याको चाङ देख्दा डर लाग्छ। भन्छन्, 'बोलेर मात्र हुन्न काम गर्न सक्नुपर्छ।'
कसैको सहयोगबिना उद्दार सम्भव छैन। उद्दार गरेर नेपाल ल्याए पनि समाजमा घुलमिल हुन सक्दैनन्। जीवन निर्वाह गर्न गाह्रो छ। सर्कस संसारमै रमाउन थालिसकेका उनीहरुलाई काउन्सिलिङ गर्न गाह्रो हुन्छ। भन्छन्, 'साहुहरुले 'ब्रेन वास' गरेर नेपाल फर्कन मन नलाग्ने बनाइसकेका हुन्छन्।'
***
सर्कसमा हुँदासँगै सर्कस गर्नेहरुको बुबाआमा आएर साहुसँग पैसा लिएर गएको पनि उनीहरुले देखेका छन्। कतिपय बुबाआमा नहुनेहरुले बिना पारिश्रमिक पनि काम गरे। उनीहरुले यातना सहँदा दलाल मालामाल बनिरहे। त्यसैले यस्तो अरुले भोग्न नपरोस् भन्ने अभियानमा छन् उनीहरु। सर्कसको परिभाषा बदल्न धेरथोर सफल पनि।
सर्कसभित्रको सकसपूर्ण जीवन भोगेकाहरु काठमाडौंमा अहिले जसरी सक्रिय छन् - पक्कै पनि त्यसले केही राहत महसुस गराउँछ। उनीहरु अहिलेको जिन्दगीमा रमाइरहेका छन् - भलै जोखिमपूर्ण सर्कस जारी छ। स्वेच्छामा जारी यो सर्कसले उनीहरुको जीवनलाई नयाँ गोरेटो पनि कोरिरहेको छ। नेपालभित्रै र बाहिरबाट पनि उनीहरुको 'सर्कस सो' हेर्न डिमान्ड आउन थालेको छ। यसैबाट खर्च जोह भइरहेको छ। पीडादायी सर्कसभित्रको सकसलाई बिर्सेर सीपमा रुपान्तरण गरेका छन् उनीहरुले। त्यो सीपबाटै उनीहरु आफूले भोगेको विगत अरुले भोग्न नपरोस् भन्दै जुटिरहेका छन्। जीवनको एउटा ठूलो हिस्सा पीडामा बिताएका यिनीहरुको जीवनको अर्को इनिङ पक्कै फलदायी हुनेछ। शुभकामना।

- 'नेपालीहरु जस्तो सुकै टास्क गोर्खाली पाराले नडराइकन गर्छन्। नेपालीहरुको जस्तो इण्डियनले गर्न सक्दैनन्,' शितल सुनाउँछिन्, 'अनि नेपाली केटीहरु राम्री र गोरी हुन्छन्। 'सेक्स अपिलिङ फिगर' हुने भएकाले दर्शकहरुको भिड बढ्छ।'
- 'नेपालीहरुलाई सस्तोमा किन्न पाइन्छ। सोझो भएकाले धेरै काम लगाउन पाउँछन्,' सरस्वती सुनाउँछिन्, 'बुबाआमाले छोरीहरुको जीवन राम्रो होस् भनेर पाँच सय, हजार रुपैयाँ लिएर पठाउँछन्। अभिभावकलाई थाहा हुन्न छोरीहरु बेचिएका छन् भनेर।'
- 'पाँच वर्षदेखि माथिका केटाकेटीहरु सर्कसमा धेरै छन्,' विजय सुनाउँछन्, 'दलालले बुबाआमालाई बच्चाको भविष्य राम्रो पार्ने प्रलोभन देखाउँछन्। गरीबीको बोझले थिचिएका अभिभावहरु बच्चाको भविष्यको लागि दायाँबायाँ सोच्दैनन्। कतिले अलिअलि पैसा लिन्छन्। कति त फ्री मै जान्छन्। खुल्ला सीमाना पनि अर्को कारण हो।'