PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सम्राटको निर्देशनमा 'यात्रा...'



पहिलोपोस्ट

सम्राटको निर्देशनमा 'यात्रा...'

काठमाडौं : सम्राट शाक्यको निर्देशन तथा लेखनमा फिल्म  'यात्रा - अ म्युजिकल भ्लग' को घोषणा भएको छ। यात्राका क्रममा खिचिएका भिडियोलाई सामाजिक संजालमा अपलोड गर्ने भ्लगरको विषयमा फिल्म बन्ने भएको हो। 

फिल्ममा 'ए मेरो हजुर २' मार्फत् डेब्यु गरेका अभिनेता सलिनमान बनियाँको मुख्य अभिनय रहने छ। उक्त फिल्ममा उनीसँगै  देखिएका अर्का अभिनेता सलोन बस्नेत र उनको जोडी यस फिल्म मार्फत् दोहोरिने भएको हो।  

फिल्ममा सलिन र सलोनसँगै अन्य कलाकारहरु रियर राई, प्रेक्षा बज्राचार्य, मलिका महत, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, योगेशजंग कुँवर लगायतका कलाकारको मुख्य अभिनय रहने छ। वैशाख २५ गतेबाट छायाँकनमा जाने फिल्ममा छिमेकी राष्ट्र चीनका जुन झ्याङ्ग र केन्याका बोबीले डेब्यु गर्दैछन्। 

४५ दिनको सेड्युल बोकेको यस फिल्मका निर्माण युनिटले छायाँकन अगावै प्रदर्शन मिति पनि तय गरेको छ। २०७५ को असोज ५ लाई निर्माण टिमले प्रदर्शन मिति टार्गेट गरेको हो।
 
कार्यक्रममा सलोनले फिल्मको स्क्रिप्ट राम्रो रहेकाले आफूले फिल्ममा काम गरेको बताए। त्यस्तै यसै फिल्म मार्फत डेब्यु निर्देशन गरेका शाक्यले भने आफ्नो पहिलो प्रयास रहेकाले मेहनत गर्ने बताए। निर्माता केशव भट्टराईले भने फिल्म राम्रो बनाउने बताए। 

कोटाकी कालिका देवीको ब्यानरमा निर्माण हुने फिल्ममा केसवसँगै मुक्ति तिमल्सिना, मधु क्षेत्री, धर्मराज अधिकारीको लगानी रहने छ। संजय लामाले खिच्ने फिल्ममा हिमाल केसीको एक्सन र बनिष शाहको सम्पादन रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell