PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एभिसी सेन्ट्रल जोन भलिबल : नेपाल सेमिफाइनलमा



पहिलोपोस्ट

एभिसी सेन्ट्रल जोन भलिबल : नेपाल सेमिफाइनलमा

काठमाडौं : नेपाल चौथो एभिसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। समूह ए मा १ जित र १ हारको नतिजा निकालेको नेपाल समूह उपविजेता हुँदै अन्तिम चारमा पुगेको हो।

ढाका मिरपुरस्थित कभर्डहलमा सोमवार भएको समूह ए को अन्तिम खेलमा घरेलु टोली बंगलादेशले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेपछि बंगलादेशसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। बंगलादेशले माल्दिभ्सलाई २५-१५, २५-१५, २५-२२ को सेटमा पराजित गर्‍यो।

पहिलो खेलमा बंगलादेशले नेपाललाई ३-१ सेटमा पराजित गरेको थियो। दुई जितपछि घरेलु टोली समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो।

नेपालले पहिलो खेल हारेपनि दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो।

नेपालले अब सेमिफाइनलमा समूह बी को विजेता तुर्कमिनेस्तानसँग बुधबार खेल्नेछ।

सेन्ट्रल जोनमा लगातार चौथो पटक सहभागिता जनाइरहेको नेपालले तेस्रो संस्करणमा कास्य पदक जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell